नेकपा एमाले दर्ताका लागि निर्वाचन आयोगमा आवेदन - Mangsebung News
  • मङ्गलबार, बैशाख ११, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

नेकपा एमाले दर्ताका लागि निर्वाचन आयोगमा आवेदन

काठमाडौं । निर्वाचनमा आयोगमा नेकपा एमाले पार्टी दर्ताका लागि निवेदन परेको छ ।

झापाकी सन्ध्या तिवारीको नेतृत्वमा नेकपा एमाले पार्टी दर्ताका लागि आयोगमा निवेदन परेको हो ।

तत्कालीन नेकपा एमाले र माओवादीबीच एकता भएर नेकपा गठन भइसकेपछि एमाले अस्तित्वमा नरहेको बेला नेकपा एमाले नाममा पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन परेको छ ।

बैठकपछि नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जारी स्थायी समिति बैठकमा नेकपा एमाले पार्टी दर्ताका लागि आयोगमा निवेदन परेको विषयमा छलफल भएको बताए ।

बैठकमा नेकपा अध्यक्ष प्रचण्डले पार्टीकै कसैको संलग्नतामा दर्ताका लागि निवेदन पर्यो कि अन्य कसैले दर्ता गरेको हो भन्नेबारे प्रश्न उठाएका थिए ।

नेकपा स्थायी कमिटी बैठकमा प्रधानमन्त्री केपी ओलीले आफू नेकपाकै अध्यक्ष भएको भन्दै त्यो विषयमा आफू जानकार नरहेको जवाफ दिएका छन् ।

सम्बन्धित खवर