इलाममा थप दुई जनामा कोरोना पुष्टि, संक्रमित १० पुग्यो - Mangsebung News
  • सोमबार, असार २३, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

इलाममा थप दुई जनामा कोरोना पुष्टि, संक्रमित १० पुग्यो

इलाम । इलाममा थप दुई जनामा कोरोना भाइरस(कोभिड–१९) संक्रमण पुष्टि भएको छ । यो संगै इलाममा कोरोना भाइरस(कोभिड–१९) संक्रमितको संख्या १० पुगेको छ ।

बुधबार सूर्योदय नगरपालिकाको कृष्णाश्रम माविको क्वारेन्टाइनमा रहेका वडा नम्बर १० की ४० बर्षिया र वडा नम्बर १४ की २४ बर्षिया महिलामा कोरोना भाइरस(कोभिड–१९) संक्रमण पुष्टि भएको हो ।

असार ८ र ९ गते क्वारेन्टाइनमा बसेका उनीहरुको स्वाब असार १२ गते संकलन गरेर परिक्षणमा पठाइएको सूर्योदय नगरपालिकाका कोभिड–१९ फोकल पसर्न विपुल अधिकारीले जानकारी दिए ।

कुवेतबाट नेपाल फर्किएका २ महिलामा कोरोनाको संक्रमण पोजेटिभ भेटिएसँगै दुवै जनालाई उपचारको लागि पुर्वाञ्चल विश्वविद्यालय गोठगाउँमा रहेको कोरोना अस्पतालमा पठाउने तयारी भइरहेको वडाध्यक्ष पेमा उगेन लामाले जानकारी दिए ।

इलामका हालसम्म पोजेटिभ देखिएका १० जना मध्ये ओमानबाट ३ जना, भारतबाट आएका ४ जना, कुवेतबाट आएका २ जना र साउदी अरबबाट आएका १ जनामा कोरोना पुष्टि भएको हो ।

संक्रमितमध्ये २ जनाले कोरोनालाई जितेर घर फर्किएका छन् । इलाममा पहिलो कोरोनाको संक्रमण जेठ २७ गते देखिएको थियो ।

सम्बन्धित खवर