इलामको देउमाई खोलामा डुबेर एकको मृत्यु - Mangsebung News
  • शनिबार, बैशाख १५, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

इलामको देउमाई खोलामा डुबेर एकको मृत्यु

इलाम । इलामको देउमाई खोलामा एक व्यक्ति डुबिरहेको अवस्थामा मृत फेला परेका छन् ।

मंगलबार देउमाई नगरपालिका–५ का २५ वर्षीय हरिप्रसाद चापागाईँ देउमाई खोलामा डुबिरहेको अवस्थामा मृत फेला परेका हुन् ।

सोमबार दिउँसोदेखि हराइरहेका चापागाईँ मङ्गलबार देउमाई खोलामा डुबेर मृतावस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ ।

घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय मङ्गलबारेबाट प्रहरी टोली खटिएको थियो । आत्महत्या गरेको वा खोला तर्ने क्रममा मृत्यु भएको भन्नेबारे जानकारी नआइसकेको बताइएको छ ।

सम्बन्धित खवर