देउमाई नगरपालिकामा पहिलो पटक एक जनामा कोरोना संक्रमण पुष्टि - Mangsebung News
  • सोमबार, असार २३, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

देउमाई नगरपालिकामा पहिलो पटक एक जनामा कोरोना संक्रमण पुष्टि

देउमाई । इलामको देउमाई नगरपालिकामा पहिलो पटक एक जनामा कोरोना भाइरस(कोभिड–१९) संक्रमण पुष्टि छ ।

स्वास्थ्य शाखा प्रमुख लेखनाथ तामाङका अनुसार देउमाई नगरपालिका वडा नं ९ जीतपुर माविको क्वारेन्टाइनमा बसेका २६ बर्षिय पुरुषमा कोरोना भाइरस(कोभिड–१९) संक्रमण पुष्टि भएको हो । यो संगै इलाममा संक्रमित संख्या ११ जना पुगेको छ ।

संक्रमित युवा असार ११ गते कतारबाट काठमाडांै आइपुगेका उनी १२ गते क्वारेन्टाइनमा बसेका थिए । उनको असार १६ गते स्वाब संकलन गरेर परिक्षणको लागि पठाइएको थियो ।

संक्रमण पुष्टि भएसँगै संक्रमित युवालाई उपचाको लागि गोठगाउँमा रहेको कोरोना अस्पताल पठाउने तयारी भइरहेको छ ।

सम्बन्धित खवर