दमक । झापाको दमकमा थप दुई जनामा कोरोना भाइरस(कोभिड–१९) संक्रमण पुष्टि भएको छ । योसँगै झापामा संक्रमितको संख्या २ सय ८५ पुगेको छ ।
आइतबार जनस्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चम्लागाईका अनुसार दमक नगरपालिका वडा नं ४ र ५ का दुई जना पुरुषमा कोरोना भाइरस(कोभिड–१९) संक्रमण पुष्टि भएको हो ।
उनीहरुको कोशी प्रादेशिक अस्पताल विराटनगरबाट प्राप्त नतिजामा कोरोना भाइरस(कोभिड–१९) संक्रमण पुष्टि भएको हो ।
केही दिन अगाडी बहराईन र कुवेतबाट आएका उनीहरु स्थानिय क्वारेन्टाइनमा बसेको जनस्वास्थ्य कार्यालय झापाका फोकल पर्सन चम्लागाईले जनाए ।
झापाको भद्रपुरमा संक्रमितको संख्या ६, मेचीनगर ४१, बिर्तामोड ३, कनकाई ११, अर्जुनधारा १३, दमक ८, गौरादह ११, शिवसताक्षी ३, बुद्धशान्ति १६, हल्दिवारी ११, कचनकवल १३३, कमल १, गौरीगञ्ज १८, बाह्रदशी ८ र झापामा २ जना पुगेको छ ।