माङसेबुङमा तान लगाउने र ढाका बुन्ने तालिम सम्पन्न - Mangsebung News
  • बिहिबार, बैशाख १३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

माङसेबुङमा तान लगाउने र ढाका बुन्ने तालिम सम्पन्न

माङसेबुङ । धार्मिक पर्यटकीय तिर्थस्थल माङसेबुङमा तान लगाउने र ढाका बुन्ने तालिम समापन गरिएको छ । सहकारी प्रवद्र्धन कार्यक्रम अन्तर्गत १ महिना सञ्चालन गरिएको कार्यक्रम आइतबार समापन गरिएको हो ।

माङसेबुङ गाउँपालिकाको वडा नं ५ को वडा सिलिङबाट आर्थिक वर्ष २०७६÷०७७ बजेट कार्यक्रम अन्तर्गत सहकारी प्रवद्र्धन कार्यक्रम शीर्षकमा विनियोजित रकमबाट तान लगाउने र ढाका बुन्ने तालिम आयोजना गरिएको आयोजक माङसेबुङ कृषि बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले जनाएको छ ।

श्री सरस्वति मा.विको हलमा सम्पन्न कार्यक्रममा माङसेबुङ गाउँपालिकाका वडा नं ५ का वडा अध्यक्ष नरेन्द्रकुमार राई प्रमुख आतिथि रहनु भएको थियो । भने, विशेष अतिथि किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका अध्यक्ष केहेरसिं योङहाङ रहनु भएको थियो ।

त्यसैगरी कार्यक्रममा अतिथिहरु माङगेन्ना सेवा समिति उपाध्यक्ष होमबहादुर लिङ्देन, माङगेन्ना सेवा समितिका महासचिव काकीराम लाओती, श्री सरस्वति मा.विका प्रधानाध्यापक हरी आङदेम्बे लगायत रहनु भएको थियो ।

इलामको माङसेबुङ गाउँपालिका वडा नं. ५ मा अवस्थित माङसेबुङ कृषि बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको संयोजनमा सञ्चालित तालिमलाई टट्बहादुर पन्धाकले सहजीकरण गरेका थिए ।

 

सम्बन्धित खवर