माङसेबुङमा एभोकाडो, लिची, आँप र कागती विरुवा वितरण(फोटो फिचर सहित) - Mangsebung News
  • बिहिबार, बैशाख ०६, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

माङसेबुङमा एभोकाडो, लिची, आँप र कागती विरुवा वितरण(फोटो फिचर सहित)

माङसेबुङ । धार्मिक पर्यटकीय क्षेत्र इलामको माङसेबुङमा आइतबार विरुवा वितरण गरिएको छ ।

इलामको माङसेबुङ गाउँपालिका वडा नं. ५ मा विभिन्न जातका १ हजार ९ सय प्रति विरुवा वितरण गरिएको योजना कार्यान्वयन उपभोक्ता समितिका अध्यक्ष नन्दकुमार नेम्बाङले बताएको छ ।

माङसेबुङ गाउँपालिका वडा नं. ५, सुख्खा क्षेत्र व्यवस्थापन योजना कार्यान्वयन उपभोक्ता समितिको संयोजनमा एभोकाडो, लिची, आँप र कागती लगायतका विरुवाहरु वितरण गरिएको अध्यक्ष नेम्बाङको भनाई छ ।

पर्यटन तथा जलाधार व्यवस्थापन कार्यक्रम अन्तर्गत प्रदेश नं. १ बाट विनियोजित ११ लाख वजेटले विरुवा वितरण र ट्याङ्की निर्माण गरिएको समितिले जनाएको छ ।

किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका अध्यक्ष केहेरसिं योङहाङ, माङसेबुङ गाउँपालिकाका वडा नं ५ का वडा अध्यक्ष नरेन्द्रकुमार राई लगायतका महानुभावहरुको उपस्थितीमा विरुवा वितरण गरिएको हो ।

सम्बन्धित खवर