दमक / अविरल रुपमा परिरहेको वर्षाका कारण गएराती पहिरो जाँदा संखुवासभाको सिलिचोङ गाउँपालिकामा ११ जना बेपत्ता भएका छन् ।
सिलिचोङ गाउँपालिका वडा नम्बर एकका स्थानीय भीम बहादुर राई बाहेक अन्य सात जनाको घर बगाउँदा ११ जना बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसपी नवराज मल्लले जानकारी दिए । उनका अनुसार तीन जनाको भने जिवितै उद्दार गरिएको छ ।
पहिरोमा पुरिएकाहरुको खोजी तथा उद्दारका लागि प्रहरीको टोली घटनास्थलतर्फ गएको समेत मल्लले बताए ।