भारतीय नक्कली नोट बोकेका दुई जना झापामा पक्राउ - Mangsebung News
  • सोमबार, असार २३, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

भारतीय नक्कली नोट बोकेका दुई जना झापामा पक्राउ

दमक / भारतीय नक्कली नोट बोकेका दुई जना झापामा पक्राउ परेका छन् ।

 

पक्राउ पर्ने मध्ये एक जना कनकाई नगरपालिका–३, सुरुङ्गाका सुन व्यवसायी मौसम श्रेष्ठ रहेका छन् । अर्का व्यक्तिको परिचय भने प्रहरीले खुलाइसकेको छैन । यद्यपि, उनी झापा गाउँपालिकास्थित नेपाल–भारत सीमावर्ती क्षेत्रका व्यक्ति हुन् ।

 

उनीहरुको साथबाट पाँच सयका ७५ हजार रुपैयाँ बराबरको भारतीय नक्कली नोट बरामद गरिएको छ ।

 

पक्राउ परेका दुवै जनालाई खोटाचलन सम्बन्धी कसूरमा म्याद थप गरेर विस्तृत अनुसन्धान गर्ने तयारी भइरहेको झापाका प्रहरी प्रमुख एसपी कृष्णप्रसाद कोइरालाले बताए ।

 

बरामद नोटमध्ये तीन वटा नोटसम्ममा एउटै नम्बर भेटिएको छ । पक्राउ परेका अर्का व्यक्तिले बयानमा डेढ लाख रुपैयाँ नक्कली नोट रहेको खुलाएका छन् । बरामद भए बाहेकको रकम खर्च भइसकेको हुनसक्ने एक अनुसन्धान अधिकृतले बताए ।

 

ति नोट कहाँबाट आएको भन्ने खुलिसकेको छैन । प्रहरीले बताएअनुसार श्रेष्ठ सुरुङ्गा क्षेत्रका मिटरब्याजी पनि हुन् । यस विषयमा पनि प्रहरीले अनुसन्धान गरिरहेको स्रोतको भनाइ छ ।

सम्बन्धित खवर