माङसेबुङ / केही दिनबाट अविरल रुपमा परेको वर्षाका कारण माङसेबुङ गाउँपालिकामा पहिरो जादा दर्जन बेसी परिवार विस्थापित भएको छ ।
माङसेबुङ ३ र ५ मा गएराती पहिरो जाँदा अम्मदेन, तेङगोबुङ, सेर्माडाडा, सेनेला टोलका दर्जन बढी परिवार विस्थापित भएको हो ।
तेङगोबुङ टोल निवासी पूर्ण कार्कीढोलीको घर पहिरोका कारण पुरै भत्कीएको छ । त्यसैले उनको परिवारलाई सुरक्षित स्थानमा सारिएको छ ।
त्यस्तै सेर्माडाँडाका ३ परिवारमा पहिरोको जोखिम बढेकोले सुरक्षित स्थानमा सारि सकिएको लामिटार प्रहरी चौकीले बताएका छन् । उनीहरुको घर चर्किएको छ ।
सेनेला टोलका बस्तीपनि त्रसित बनेका छन् । उक्त टोलको पुछारमा करिव २ फुट माटो भासिनुका साथै चर्किएको छ ।
अम्मदेन टोलमा पनि ३ परिवार विस्थापित हुने अवस्थाआउने गरि पहिरो गएको छ ।