श्रष्टा सम्मान पुरस्कारबाट समालोचक सेर्मा सम्मानित - Mangsebung News
  • सोमबार, असार २३, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

श्रष्टा सम्मान पुरस्कारबाट समालोचक सेर्मा सम्मानित

झापा / कवि तथा समालोचक मुनाराज सेर्मालाई प्रदेश १ सरकारले प्रदान गर्ने श्रष्टा सम्मान पुरस्कारले सम्मानित भएका छन् ।

प्रदेश नं १ को राजधानी विराटनगरमा सामाजिक विकास मन्त्रालयद्वारा आयोजित कार्यक्रममा सेर्मालाई नगद रु पचास हजार सहित सम्मान पत्रद्धारा सम्मान गरेको हो ।

प्रदेश सरकारले आफुलाई सम्मान गरेकोमा खुसी ब्यक्त गर्दै सेर्माले भने भानुभक्तको जन्म जयन्तीमा मात्र होइन १२३ भाषा, कला, सस्कृतिको प्रवद्र्धनमा लागेका स्रष्टाहरुलाई पनि सम्मान गर्नु पर्छ । नेपाली भाषामा लेख्ने स्रष्टाहरुलाई त राज्यले सम्मान गरेकै छ नि । खस नेपाली भाषा इतरका स्रष्टाहरुलाई सम्मान गरे स्थानीय सरकारको न्यायिक कार्य हुने कुरा राखे ।

कार्यक्रमवाट सेर्मासंगै डा.नोवल किशोर राई (इलाम), माया पौडेल (बिराटनगर), वीरध्वज शिवा (पथरी), अनुराधा सिं थापा (बिराटनगर), केशब रायमाझी (बिराटनगर), कविता नेपाल (झापा), प्रेम ओझा (पाँचथर्र, उमानाथ घिमिरे (धनकुटा), डि वि किराँती (सोलुखुम्बु), कविराज पोखरेल (बिराटनगर), पंच कुमारी परियार (खोटाङ) लगायतका व्यक्तित्वहरु पनि सम्मानीत भएका छन ।
प्रदेश नम्बर १ सामाजिक बिकाश मन्त्रालय अन्तर्गत गठित “ भाषा, कला,साहित्य , संस्कृति सम्मान तथा पुरस्कार छनौट समितिको बैठकले प्रदेश नं १ भरीका स्रष्टाहरुलाई सम्मान गर्ने निर्णय गरेका थिए ।

प्रदेश नं १ले बालकृष्ण पोख्रेलको नाममा प्रदान गर्दै आएको पुरस्कार भाषाविद एवम् पुर्वराजदुत नवलकिशोर राईलाई नगद रु एक लाख सहित सम्मान पत्र प्रदान गरेका छन् । राईले सो रकम बिराटनगर गुरुकुललाई पचास हजार र बाँकी पचास हजार कोरोनाको समस्या समाधान गर्न बिराटनगरलाई प्रदान गरेका छन् ।

सम्मान कार्यक्रमलाई समुदधाटन गर्दै प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले सम्मानित व्यक्तित्वलाई सम्मान तथा हार्दिक बधाई ज्ञापन गरेका छन् ।

देश संधियतामा गए पछि प्रदेशका कुना कदरामा रहेका स्रष्टा सम्मान गर्ने तथा नयाँ–नयाँ स्रष्टाहरुलाई प्रत्साहन गर्ने उदेश्य रहेको मुख्यमन्त्रीले बताए । समाजिक बिकास मन्त्रालयले राम्रो कामको थालनी गरेको छ भन्दै राईले प्रसंसा गरे ।

सामाजिक बिकास मन्त्री जीवन घिमिरेले नेपाली सस्कृति र भाषामा बिकृति आएको कुरा राखे । कति प्रविधिक शब्दहरुलाई नेपालीमा कसरी लेख्न सकिएला भन्ने जिज्ञासा विद्धत वर्गलाई राखे ।

डा.भिम खतिवडा, डा.टंक न्यौपाने पनि मन्तव्य राखेका थिए । कार्यक्रमको स्वागत मन्तव्य समाजिक बिकास मन्त्रालयका सचिव गोबिन्द कार्की र कार्यक्रमको संयोजक बरिष्ट सहित्यकार खेम नेपालीले गरेका थिए ।

सम्बन्धित खवर