काँकरभिट्टा सीमा सुरक्षाका दुई सशस्त्र प्रहरी जवानमा कोरोना संक्रमण पुष्टि - Mangsebung News
  • सोमबार, असार २३, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

काँकरभिट्टा सीमा सुरक्षाका दुई सशस्त्र प्रहरी जवानमा कोरोना संक्रमण पुष्टि


झापा । झापाको काकारभिट्टा अवस्थित रहेको सशस्त्र प्रहरी सीमा सुरक्षा बल काँकारभिट्टाका दुई प्रहरी जवानमा कोरोना संक्रमण देखिएको छ ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको प्रयोगशालाको आजको रिपोर्ट अनुसार दुई जना जवानमा संक्रमण देखिएको हो ।

संक्रमित जवानहरु मेचीनगर वडा नं ६ का २१ र ३० बर्षका रहेका छन् ।

जनस्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चम्लागाईले संक्रमित दुबै जनालाई उपचारका लागि मोरङको गोठगाउँ लागिएको बताए ।

यो संगै मेचीनगरमा संक्रमितको संख्या ५१ पुगेको छ भने ४६ जना निको भएर घर फर्कीएका छन् । झापामा संक्रमितको संख्या ३ सय १८ पुगेको छ ।

सम्बन्धित खवर