इलाममा थप दुई जना कोरोना संक्रमण पुष्टि - Mangsebung News
  • सोमबार, असार २३, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

इलाममा थप दुई जना कोरोना संक्रमण पुष्टि


इलाम । कोरोना भाइरसको संक्रमित इलाममा थप दुई जनामा देखिएको छ ।

संक्रमित देखिएकाहरु इलाम नगरपालिकाको क्वारेन्टिनमा खटिएका ३३ र ३७ वर्षिय पुरुष रहेका छन् ।

४० जनाको पिसिआर परिक्षण गरिएकोमा दुईजनाको रिपोट पोजेटिभ आएको स्वास्थ्य कार्यलय इलामका फोकल पर्सन विमल बरालले जनाएको छ । उनीहरु सबैको साउन २ गते स्वाब संकलन गरी परिक्षणमा पठाइएको थियो ।

यसरी संक्रमित देखिउका दुवै जनालाई मोरङको गोठगाउँस्थित रहेको आइसोलेसनमा लागिने भएको छ ।

यो संगै इलाममा संक्रमितको संख्या २६ पुगेको छ । १२ जना निको भएर घर फर्किएका छन् ।

सम्बन्धित खवर