लिभरपुल बन्यो प्रिमियर लिगको च्याम्पियन - Mangsebung News
  • बिहिबार, बैशाख १३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

लिभरपुल बन्यो प्रिमियर लिगको च्याम्पियन


काठमाडौं । लिभरपुल इङ्लिस प्रिमियर लिगको च्याम्पियन बनेको छ ।

गएराति भएको खेलमा लिग च्याम्पियन लिभरपुलले चेल्सीलाई ५–३ गोल अन्तरले हराउदै इङ्लिस प्रिमियर लिग फुटबलको च्याम्पियन बनेको हो ।

लिभरपुलको जितमा नाबी केइटा, ट्रेन्ट अलेक्जेण्डर अर्नोल्ड, जर्जिनो विज्नाल्डम, रोबर्टो फिर्मिनो र ओक्स्लेड च्याम्बर्लिनले एक एक गोल गरे । यसअघि नै च्याम्पियन बनिसकेको लिभरपुलले घरेलु मैदानमा चेल्सीलाई हराउँदै उपाधि ट्रफी उचालेको हो ।

त्यस्तै चेल्सीका लागि ओलिभर जिराउड, टम्मी अब्राहम र क्रिस्टियन पुलिसिकले गोल गरे पनि हारबाट जोगिन सकेन ।

जितसँगै लिभरपुल म्यानचेस्टर सिटी भन्दा १८ अंकले अगाडि रहेको छ । लिभरपुलको ९६ अंक पुग्दा सिटीको ७८ अंक छ । ६३ अंक रहेको चेल्सी चौथो स्थानमा झरेको छ । यस्तै, प्रिमियर लिगको अर्को खेलमा म्यानचेस्टर युनाइटेडले वेष्ट ह्यामसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको छ ।

सम्बन्धित खवर