अर्जुनधाराका एक युवामा कोरोना संक्रमण - Mangsebung News
  • बुधबार, बैशाख २६, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

अर्जुनधाराका एक युवामा कोरोना संक्रमण


झापा । झापाको अर्जुनधारा नगरपालिका निवासी एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

अर्जुनधारा ३, का २४ वर्षीय युवकमा संक्रमण पुष्टि भएको स्वास्थ्य शाखा प्रमुख मुकुन्द बस्नेतले बताए ।

साउन ६ गते उनी लगायत ३९ जनाको स्वाब संकलन गरि परीक्षण गरिएकोमा उनको मात्रै पोजेटिभ रिपोर्ट आएको हो ।

उनी भारतबाट साउन २ गते काँकरभिट्टा नाकाहुँदै अर्जुनधारा आएका थिए । कोरोना संक्रमण देखिए पछि उनलाई थप उपचारका लागि मोरङको गोठ गाउँ लैजाने तयारी भइरहेको छ ।

यसअघि ४ महिलासहित १३ जनाको रिपोर्ट पोजेटिभ आएको थियो । उनीहरु उपचारपछि निको भएर घर फर्किसकेका छन् ।

बिहीबार १ जना संक्रमित थपिएसंगै झापामा कोरोना संक्रमितको संख्या ३२० पुगेको छ ।

सम्बन्धित खवर