मातृभाषा शिक्षामा माङसेबुङ गाउँपालिकाको १३ लाख बजेट - Mangsebung News
  • बिहिबार, बैशाख २७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

मातृभाषा शिक्षामा माङसेबुङ गाउँपालिकाको १३ लाख बजेट

माङसेबुङ । मातृभाषा शिक्षाका लागि इलामको माङसेबुङ गाउँपालिकाले १३ लाख १४ हजार ६ सय ३० रुपैयाँ वजेट विनियोजन गरेको छ ।

मातृभाषा शिक्षा पठनपाठन गराउन मातृभाषा पठन पाठन प्रोत्साहन कार्यक्रम अन्तरगत गाउँपालिकाको ४ वटा सामुदायिक विद्यालयका लागि आर्थिक वर्ष २०७७०७८ मा उक्त रकम विनियोजन गरेको हो ।

गाउँपालिकाले मातृभाषामा पठनपाठन गराउने सामुदायिक, धार्मिक वा वैकल्पिक विद्यालयहरुलाई मापदण्डका आधारमा कार्यक्रम अनुदान तथा मातृभाषा शिक्षक दरबन्दी अनुदानका लागि रकम विनियोजन गरेको हो ।

कार्यक्रम अन्तरगत माङसेबुङ ५ को किरात साम्जिक मुन्धुम आधारभूत विद्यालयका लागि २ लाख ८८ हजार २ सय १० रुपैयाँ र सरस्वती माध्यमिक विद्यालयका लागि २ लाख ८८ हजार २ सय १० रुपैयाँ तथा माङसेबुङ ३ को पवित्र आधारभूत विद्यालयका लागि २ लाख ८८ हजार २ सय १० रुपैयाँ विनियोजन गरेको छ ।

ती सबै विद्यालयमा एकरएक जना मातृभाषा शिक्षक दरबन्दी सिर्जना गरी स्थानीय मातृभाषाका रुपमा ‘लिम्बू भाषा’ मा पठनपाठन भइरहेको छ ।

त्यस्तै स्थानीय मातृभाषा पाठ्यक्रम तथा पाठ्य पुस्तक निर्माणका लागि ४ लाख ५० हजार रुपैयाँ विनियोजन गरेको छ ।

सम्बन्धित खवर