अमर नेम्बाङ स्रष्टा सम्मान पुरस्कारद्धारा तीन सर्जक सम्मानित हुने - Mangsebung News
  • बुधबार, बैशाख २६, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

अमर नेम्बाङ स्रष्टा सम्मान पुरस्कारद्धारा तीन सर्जक सम्मानित हुने


पाँचथर । पान्थरमा अमर नेम्बाङ स्रष्टा सम्मान पुरस्कारद्धारा तीन जना सर्जकहरुलाई सम्मान गर्ने भएको छ ।

फाल्गुनन्द गाउँपालिका अध्यक्ष तथा साहित्यकार स्व.अमर नेम्बाङको स्मृतिमा गाउँपालिकाले स्थापना गरेको ‘अमर नेम्बाङ स्रष्टा सम्मान’बाट धरानका प्रा.डा.भीम खतिवडा, पान्थरका मधुराज केरुङ र फाल्गुनन्द गाउँपालिकाकै मञ्जु नेम्बाङलाई सम्मान गर्ने आयोजक संस्था सेहो?नाम्लाङ साहित्य समाज र सह–आयोजक नौलो साहित्यिक बिहान समाज पाँचथरले फिदिममा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।

सुनसरी धरानका स्रष्टा प्रा.डा.भीम खतिवडालाई अमर नेम्बाङ स्रष्टा सम्मान–२०७७ बाट ताम्रपत्र सहित नगद रु ५० हजार रुपैंयाँले सम्मानित हुने भएका छन् ।।

त्यस्तै पाँचथर, फिदिमका स्रष्टा मधुराज केरुङलाई अमर नेम्बाङ युवा स्रष्टा पुरस्कार–२०७७ बाट सम्मान–पत्र सहित नगद रु ४० हजार रुपैंयाँले सम्मान गरिने जनाएको छ । अमर नेम्बाङ नव प्रतिभा प्रोत्साहन पुरस्कार–२०७७ भने पाँचथर फाल्गुनन्दकी नवोदित स्रष्टा मञ्जु नेम्बाङलाई प्रदान गरिने भएको छ । उक्त पुरस्कारमा प्रशंसा–पत्र सहित नगद रु १० हजार रुपैंयाँ रहेको छ ।

सम्मान तथा पुरस्कार ६९ औं अमर नेम्बाङ जन्मजयन्ती समारोहको अवशर पारेर साउन २३ गते वितरण गरिने छ ।

स्व.अमर नेम्बाङको सम्मानका लागि गाउँपालिकाले हरेक वर्ष प्रदेश–१, का एक बिशिष्ठ स्रष्टालाई, जिल्ला भित्रका एक युवा स्रष्टालाई र गाउँपालिका भित्रका एक नवोदित स्रष्टालाई सम्मान तथा पुरस्कृत गर्ने गरीे सम्मान तथा पुरस्कारको स्थापना गरेको आयोजक संस्था जनाए ।

सम्बन्धित खवर