माइखोलामा बेवारीसे अवस्थामा शव फेला - Mangsebung News
  • बिहिबार, बैशाख २७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

माइखोलामा बेवारीसे अवस्थामा शव फेला


इलाम । इलाम नगरपालिका वडा नम्बर ८ स्थित माईखोला किनारमा एक बेवारीसे अवस्थामा शव फेला परेको छ ।

इलामदेखी नामसालिङ जाने पक्की पुल रहेको नजिकै माईखोला किनारमा मृत अवस्थमा एक पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय इलामको अनुसार टाउको र निधारमा निल डाम, चोट लागेको, हातको दाहिने नाडिमा रातो पहेलो डोरी बाँधेको र गलामा रातो डोरीमा पहेलो जन्तर (बुटी) लगाएको शव शुक्रबार विहान करिब १० बजे भेटिएको हो । अन्दाजी ३० र ३२ वर्षीय रहेको ५ फिट ७ ईन्च उचाई भएको, रातो वर्णको, तालुमा पातलो केश भएको शव फेला परेको हो ।

इलाम अस्पताल इलाम पोष्टमार्टमको लागि ल्याइएको भए पनि हालसम्म उनको नाम थर वतन खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

सम्बन्धित खवर