कांकरभिट्टा सिमा सुरक्षामा खटिएका १८ जना सुरक्षा कर्मीलाई कोरोना संक्रमण पुष्टि - Mangsebung News
  • बुधबार, बैशाख २६, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

कांकरभिट्टा सिमा सुरक्षामा खटिएका १८ जना सुरक्षा कर्मीलाई कोरोना संक्रमण पुष्टि


झापा । झापाको कांकरभिट्टा स्थित सिमा सुरक्षामा खटिएका १८ जना सुरक्षा कर्मीलाई कोरोना भाइरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ ।

मेचीनगर समाजिक बिकास समितिका संयोजक नविन बरालक अनुसार सीमा नाकामा खटीका शसस्त्र प्रहरीका ४८ जनाका स्वाब संकलन गरि साउन ७ गते बिराटनगर स्थित प्रादेशिक प्रयोगशालामा गरिएको परिक्षमा १८ जना सुरक्षा कर्मीमा कोरोना पोजेटिभ रिपोर्ट आएको हो ।

योसंगै मेचीनगरमा कोरोना संक्रमितको संख्या ६९ पुगेको छ । जसमध्ये ४६ जना उपचार पछि निको भएर फर्किसकेका छन ।

सम्बन्धित खवर