मुक्कुमलुङलाई हिन्दुत्वकरण गरिएकोमा लिम्बुवान स्प्रिङ आन्दोलनको विरोध - Mangsebung News
  • आइतबार, जेठ ०६, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

मुक्कुमलुङलाई हिन्दुत्वकरण गरिएकोमा लिम्बुवान स्प्रिङ आन्दोलनको विरोध


दमक । धार्मिकस्थल मुक्कुमलुङलाई हिन्दुत्वकरण गरी पाथीभरा बनाएकोमा लिम्बुवान स्प्रिङ आन्दोलनले विज्ञप्ती जारी गर्दै विरोध जनाएको छ ।

ऐतिहासिक, सांस्कृतिक रुपमा रहेको मुक्कुमलुङलाई पुनः स्थापित गर्न आन्दोलनरत संघर्ष समितिलाई हेपाहा प्रवृति देखाउँदै, राज्यले डिपीआरको नाममा सुरक्षा घेरा भित्र रहेर सर्भे गरेको र आन्दोलनकारीलाई दमन गरेको प्रति गम्भिर ध्यानाकर्षण भएको विज्ञप्तीमा जनाएको छ ।

लिम्बुवान स्प्रिङ आन्दोलनको सचिवालयले जारी गरेको विज्ञप्तीमा भनिएको छ ‘राज्यले शक्तिको दुरुपयोग गरि हाम्रो आस्थाको धरोहर मुक्कुमलुङलाई जबरजस्त यति होलडिङ्स जस्ता ब्यापारकि कम्पनीलाई सुम्पिने र रैथाने संस्कृतिलाई तहसनहस पारेर हिन्दु देवी देवता स्थापना गर्ने र नामै फेर्ने जस्ता अतिक्रमण र औपनिवेशिकरणको घोर विरोध र भर्सना गर्दछौ ।’

लिम्बुवान क्षेत्रका माङगेन्ना यक, समाधिस्थल र धार्मिक, सांस्कृतिक स्थललाई विकासका नाममा डोजर चलाएर भत्काउने र आदिवासीहरुलाई दमन गर्ने कार्य नरोकिए लिम्बुवानका लाखौं युवाहरु न्यायका लागि बलिदानीपुर्ण संर्घषमा उत्रन बाध्य हुने जनाएको छ ।

यस मुक्कुमलुङ अतिक्रमणको सन्दर्भमा ‘काङसोरे लङमार्च–२’ अन्तर्गत ‘मुक्कुमलुङ युमा माङ’ नामाकरण गर्न इक्साहाङ चेम्जोङको संयोजकत्वमा पाच सदस्य समिति बनाएको जनाएको छ । सुनिल आङबो सह–संयोजक र सदस्यहरु प्रयास बवन्तावा, दिनेश मावो र कुमार यवा रहेका छन् ।

सम्बन्धित खवर