बलात्कार गरेको आरोपमा एक युवा पक्राउ - Mangsebung News
  • आइतबार, जेठ ०६, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

बलात्कार गरेको आरोपमा एक युवा पक्राउ


ताप्लेजुङ । बलात्कार आरोपमा एक युवा पक्राउ परेका छन् ।

ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिका निवासी २० वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा पाथीभरा याङवरक–३ का २० वर्षीय विमल कङ्लिवा लिम्बू पक्राउ परेका हुन् ।

पीडित युवतीले गरेको जाहेरीका आधारमा उनलाई बिहीबार प्रहरीले पक्राउ गरेकोे जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख डिएसपी मेहन्द्र श्रेष्ठले जानकारी दिए ।

उनले गत असार १३ राती करिब ८ बजे स्थानीय युवतीलाई बलात्कार गरेको आरोप छ । पक्राउ परेका विमललाई जिल्ला अदालत ताप्लेजुङबाट म्याद थप गरि अनुसन्धान अघि बढाइएको डिएसपी श्रेष्ठले बताए ।

सम्बन्धित खवर