कोरोना भाइरस चेक गर्ने अत्याधुनिक पिसिआर मेसिन झापामा - Mangsebung News
  • बिहिबार, बैशाख १३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

कोरोना भाइरस चेक गर्ने अत्याधुनिक पिसिआर मेसिन झापामा


झापा । कोरोना भाइरस (कोभिड–१९) को परीक्षण गर्ने अत्याधुनिक पिसिआर मेसिन झापामा आइपुगेको छ ।

मेसिन मेची अञ्चल अस्पताललाई प्रदेश १ सरकारले उपलब्ध गराएको उक्त मेसिन आजैबाट जडान शुरु हुने र छिट्टै सञ्चालनमा ल्याउने तयारी गरिएको जिल्ला समन्वय समिति झापाका प्रमुख सोम पोर्तेलले बताए ।

स्वीस सरकारबाट प्रदेश सरकारलाई उपल्ब्ध मेसिन प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, सामाजिक विकासमन्त्री जीवन घिमिरे, सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर र झापाका प्रदेश सांसदको उपस्थितिमा स्वीस सरकारका प्रतिनिधि अमन गोन्छेले सो मेसिन शुक्रबार विराटनगरमा एक कार्यक्रमबीच हस्तान्तरण गरेका थिए ।

यस मेसिन मेची अञ्चल अस्पतालभित्र प्रयोगशालामा राखिने अस्पताल विकास समितिका अध्यक्षसमेत रहेका पोर्तेलले जानकारी दिए ।

सम्बन्धित खवर