मेचीनगरको होटल क्वारेन्टिनमा बसेका थप एक जनामा कोरोना पुष्टि - Mangsebung News
  • शुक्रबार, चैत १६, २०८०
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

मेचीनगरको होटल क्वारेन्टिनमा बसेका थप एक जनामा कोरोना पुष्टि


झापा । झापाको मेचीनगरमा क्वारेन्टिनमा बसेका थप १ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य कार्यालय झापाका फोकल पर्शन जीवन चौलागाईंका अनुसार मेचीनगर वडा नं १ कि १८ बर्षीय महिलामा कोरोना संक्रमण भएको हो ।

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट प्राप्त पीसीआर परीक्षणको नतिजामा उनको कोरोना संक्रमण पुष्टि भएको चौलागाईंले बताए ।

भारतबाट आएर मेचीनगरको धुलावारीस्थित होटल रोयल निर्भानको क्वारेन्टिनमा एउटै कोठामा बस्दै आएकोमा श्रीमतीलाई कोरोना पोजेटिभ देखिएको छ भने उनको श्रीमानलाई भने कोरोना नेगेटिभ रिपोर्ट आएको छ ।

उनलाई संक्रमण पुष्टि भएसंगै थप उपचारको लागि मोरङको गोठगाउँ स्थित आइसोलेशन कक्ष लगिएको छ ।

योसंगै मेचीनगरमा मात्र संक्रमितको संख्या ७० पुगेको छ । ४६ जना संक्रमण मुक्त भई घर फर्किएका छन् ।

सम्बन्धित खवर