किरात धर्मका माङ्सेवासाबा प्रमुख थलङ्लाई पुत्र शोक - Mangsebung News
  • बुधबार, बैशाख १२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

किरात धर्मका माङ्सेवासाबा प्रमुख थलङ्लाई पुत्र शोक


काठमाडौ । किरात धर्मका सर्वोच संस्था किरात चोत्लुङ् मुहिङ्गुम अङ्सीमाङ्गेन्ना सेवा समितिका पुर्व केन्द्रिय सदस्य समेत रहेका किरात धर्मका माङ्सेवासाबा प्रमुख मनप्रसाद थलङलाई पुत्र शोक परेको छ ।

थलङ्का माइला छोरा तेमेन थलङ्को आइतबार दिउँसो इनार सफा गर्ने क्रममा मृत्यु भएको हो ।

काठमाडौको टोखा नगरपालिका ३, साईबाबा चौक, रिमाल बस्तीमा ४ जना साथीसंग मिलेर इनार खन्ने क्रममा तेमेनको मृत्यु भएको वडा कार्यलयले जनाएको छ ।

इनारको प्रकृति हेर्दा करिब ११ फुट गहिराई भएको र ४२ इन्चको गोलाई रहेको इनारमा १६ इन्च वा घुडा भन्दा मुनि सम्म मात्रै पानी भएको जानकारी गराइएको छ ।

अहिले पोस्मार्टमको लागि तेमेनको शब त्रि वि शिक्षण अस्पताल महाराजगन्जमा राखिएको छ ।

पोस्मार्टमपछि अन्त्येष्टीको लागि शवलाई निजी निवास मोरङ् मिक्लाजुङ् गाउपालिका (साविक टाँडी ८) धोवेनीमा ल्याउने पारिवारीक स्रोतले जनाएको छ ।

सम्बन्धित खवर