माई नगरपालिकाकी एक किशोरी १५ दिनदेखि बेपत्ता - Mangsebung News
  • शुक्रबार, बैशाख १४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

माई नगरपालिकाकी एक किशोरी १५ दिनदेखि बेपत्ता

माई । १५ दिनदेखि इलामको माई नगरपालिकाकी एक किशोरी बेपत्ता भएकी छन् ।

झापाको विर्तामोडमा मामामाइजूसँग बस्दै आएकी ब्राइट इङ्गलिस विद्यालयमा कक्षा १० मा अध्ययनरत १६ वर्षीया अनस्का राई नामकी बालिका बेपत्ता भएकी हुन् ।

इलामको तीनघरे हिँडेकी किशोरी गत असार २९ गतेबाट बेपत्ता बनेकीले खोजी गरिदिन सबैतिर आग्रह गरिएको बालिकाका मामा दिलीप राईले बताए ।

परिवारको सम्पर्कमा नआएपछि आफन्तको तिर पनि खोजी गरिएको तर फेला पार्न नसकिएको राईले बताए ।नागरिक खबरबाट

सम्बन्धित खवर