झापामा मास्क नलगाए एक सय जरिवाना - Mangsebung News
  • शनिबार, बैशाख १९, २०८३
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

झापामा मास्क नलगाए एक सय जरिवाना


झापा । झापामा मास्क नलगाई हिडे एक सय रुपैयाँ जरिवाना गर्ने भएको छ ।

कोरोना भाइरस संक्रमणको जोखिमबाट बच्न मास्कलाई अनिर्वायता गर्न जिल्ला प्रसाशन कार्यालय झापाले अब जरिवाना गर्ने भएको हो ।

कोरोना भाइरस नियन्त्रण जिल्ला स्तरिय समितिको बुधबार बसेको बैठकले झापामा मास्क नलगाई हिड्ने जो कोही ब्यक्तिलाई प्रहरीले तत्कालै एक सय रुपैया जरिवाना गराउने निर्णय भएको झापाका सहायक प्रमुख जिल्ला अधिकारी राजकुमार राईद्धारा जारी विज्ञप्तीमा उल्लेख गरेको छ ।

त्यस्तै विज्ञप्तीमा न्युनतम २ मिटरको सामाजिक दूरी कायम गर्ने, सेनिटाइजरको अनिवार्य प्रयोग गर्ने जनाएको छ ।

सम्बन्धित खवर