माङसेवासाबा पान्जुम्भोद्धारा नेम्बाङ दम्पतिलाई सहयोग प्रदान - Mangsebung News
  • शुक्रबार, बैशाख ०७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

माङसेवासाबा पान्जुम्भोद्धारा नेम्बाङ दम्पतिलाई सहयोग प्रदान


दमक / किरात साम्यो माङसेवासाबा पान्जुम्भोद्धारा प्यारालाईसिसले थलिएका साङदाम्गेनवरुमसाबा होमकर्ण नेम्बाङ दम्पतिलाई सहयोग प्रदान गरेको छ ।

शुक्रबार माङसेवासाबा मुजोत्लुङ पान्जुम्भोका कोषाध्यक्ष प्रकाश सावदेनले दश हजार रुपैयाँ सहयोग स्वरुप प्रदान गरेका हुन । उनलाई दमक ३, दुम्से स्थित निवासमा गएर सो रकम प्रदान गरेका हुन् ।

किरात धर्ममा माङसेवासाबा भएर योगदान गरेका सेवासाबाहरुलाई दुःख बिराम र बिपद पर्दा सेवासाबाहरुको साझा संगठन माङसेवासाबा पान्जुम्भोले सहयोग गर्दै आएको र यस पटक नेम्बाङ दम्पतिलाई सहयोग गरेको सावदेनले बताए ।

यस अगाडि पनि यस पान्जुम्भोले केही रकम सहयोग प्रदान गरेको थियो । र आगामी दिनमा समेत सहयोग प्रदान गर्ने कोषाध्यक्ष सावदेनले बताए ।

विगत दुई वर्षदेखि प्यारलाईसिस्ले थलो पारेका नेम्बाङ दम्पतिलाई ३ महिनाको अन्तरालमा पालैपालो दुबै जनालाई प्यारलाईसिस् भएको थियो ।

सम्बन्धित खवर