इलाम । इलाममा कार्यरत सशस्त्र प्रहरीका थप ५ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ ।
शुक्रबार इलाम नगरपालिकाको सदरमुकाम स्थित शसस्त्र प्रहरीको एक नम्बर गणमा कार्यरत शसस्त्र प्रहरीका पाँच जनामा कोरोना भाइरसको संक्रमण भएको शसस्त्र प्रहरीको एक नम्बर गणका प्रमुख सुधिर जँग थापाले बताए ।
संक्रमण देखिएकालाई थप उपचारका लागि मोरङको गोठगाउँस्थित कोरोना अस्पताल लैजाने तयारी भईरहेको गणका थापाले बताए ।
शुक्रबार ५ जना संक्रमित थपिएसंगै इलाममा कार्यरत सशस्त्र प्रहरीका मात्रै १० जना पुगेको छ । यस अघि पाँच जनामा संक्रमण पुष्टि भईसकेको छ ।
यस संगै इलाम जिल्ला भित्र कुल संक्रमितको संख्या ४० पुगेको छ ।