माङसेबुङका चन्द्रबहादुर थेगिमको माईखोलाले बगाएर मृत्यू - Mangsebung News
  • बुधबार, बैशाख १२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

माङसेबुङका चन्द्रबहादुर थेगिमको माईखोलाले बगाएर मृत्यू


माङसेबुङ । इलामको माङसेबुङ गाउँपालिका–५,का चन्द्रबहादुर थेगिमको माईखोलाले बगाएर मृत्यु भएको छ ।

शुक्रबार बिहान साढे १० बजे माईखोलामा नुहाउने क्रममा खोलाले बगाएर २८ वर्षीय थेगिमको मृत्यू भएको हो ।

परिवारसहित माईखोलामा सेवा पुजा गर्न जाँदा, सेवा पुजा गर्नुअगाडी खोलामा नुहाउने क्रममा अचानक खोलाले बगाउँदा थेगिमको मृत्यु भएको प्रहरीले जनाएको छ ।

माई नगरपालिका ६ स्थित सेतीखरे भन्ने ठाउँमा नुहाउन पसेका थेगिमलाई खोलाले बगाएर माई नगरपालिका ७ स्थित तमाखेमा भेटिएको थियो ।

यसैगरि मृतक थेगिमलाई पोष्टमार्टमको लागि झापाको दमक स्थित दमक अस्पतालमा लगिएको प्रहरीले जनाएको छ ।

मृतक थेगिमको श्रीमती र दूई छोरी रहेका छन् ।

सम्बन्धित खवर