मुक्कुमलुङको अतिक्रम नरोके कडा आन्दोलन गर्ने सरोकारवालाहरुको चेतावनी - Mangsebung News
  • शुक्रबार, बैशाख ०७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

मुक्कुमलुङको अतिक्रम नरोके कडा आन्दोलन गर्ने सरोकारवालाहरुको चेतावनी

विर्तामोड । ताप्लेजुङमा शक्तिपिठक रुपमा रहेको मुक्कुमलुङ अतिक्रमणको विषयमा सरोकारवाला संग लिम्बुवान स्प्रिङ आन्दोलनले अन्तरक्रिया गरेको छ ।

झापाको विर्तामोड स्थित रहेको राँके होटलको सभाहलमा संघीय लिम्बुवान पार्टी नेपालका केन्द्रिय अध्यक्ष सन्जुहाङ पालुङ्वाको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि पालुङवाले आफुले थाहा पाएदेखि ‘मुक्तो कुक्मा र मुकुमलुङ’ नै रहेको र पछिल्लो समयमा दमनकारी राज्यसत्ताले जबर्जस्ती पाथिभरा बनाएकोमा घोर भर्त्सना गरेका छन् । पालुङवाले भने राज्यसताले यो खाले दमनकारी प्रबृती तुरुन्त नसच्याए कडा संघर्ष गर्ने चेतावनी दिएका छन् ।

त्यस्तै संघीय लोकतान्त्रिक राष्ट्रिय मंच, संघिय लिम्बुवान मंच नेपालका उपध्यक्ष ज्ञानुहाङ इम्बुङले पञ्चायती ब्यवस्थाको जस्तो मात्र नभएर अहिलेका याक्थुङ्बाहरुको चेतना धेरै अगाडी बढिसकेकोले अब उप्रान्त यस्ता हस्तक्षेप नगर्न र गरे भयानक अवस्थाको सामना गर्न र ब्येहोर्न सरकारलाई चुनौती दिएका थिए ।

रंगकवी धर्मेन्द्र नेम्बाङले मुकुम्लुङ याक्थुङ्बाहरुको मांङ्गेना चोत्लुङ मध्येकै एक रहेकोले यसको अस्तित्व माथी खेलवाड गर्न भनेको सिंगो याक्थुङ सामुदायमा माथी अपहेलना गरेको ठान्दै यस्तो हर्कत नगर्न राज्यसत्तालाई आग्रह गरे ।

मुन्धुमविद आर. बि. पालुङ्वाले मुक्कुमलुङ याक्थुङ्बाहरुको प्रत्येक मुन्धुममा वर्णित भएर आउने भएकोले यो पाथिभरा नभएर मुक्कुम्लुङ नै भएको बताए ।

कार्यक्रममा किरात याक्थुङ चुम्लुङका जिल्ला अध्यक्ष भक्त खेवाङ, लाजेहाङ साम्यु, एल बि पालुङ्वा, निश्चलता लावती, रमेश तुम्रोक, प्रेमदिप थाम्सुहाङ, नन्दुभाइ मेन्याङ्बो लगायतले विकाशको नाममा स्थानीय रैथानेहरुको र सिंगो याक्थुङ जातिको आस्थाको धरोहर मुक्कुम्लुङको प्रकृतिक सौन्दर्य नष्ट गरेमा जुनसुकै किसिमको आन्दोलन गर्न तयार रहेको बताए ।

लिम्बुवान स्प्रीङ आन्दोलनका संघर्ष समिती संयोजक इक्साहाङ चेम्जोङको अध्यक्षतामा भएको कार्यक्रम पुष्पहाङ लोवाले संचालन गरेका थिए ।

सम्बन्धित खवर