झापामा थप ५ जनामा कोरोना संक्रमण पुष्टि - Mangsebung News
  • शनिबार, बैशाख ०८, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

झापामा थप ५ जनामा कोरोना संक्रमण पुष्टि


झापा । कोरोना भाइरस संक्रमित सोमबार झापामा ५ जना थपिएका छन् ।

संक्रमित देखिएका ब्यक्तिहरु विर्तामोड नगरपालिका र अर्जुनधारा नगरपालिकाका पाँच जना रहेको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौंलागाईंले जानकारी दिए ।

अर्जुनधारा नगरपालिकाले स्थापना गरेको शनिश्चरे माविको क्वारेन्टाइनमा रहेका ३० जना र कन्ट्याक ट्रेसिङका ११ जनाको पाँच दिनअघि स्वाब संकलन गरि कोशी अस्पताल र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको पिसिआर परीक्षणमा उनीहरू मध्ये ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

उनीहरु सबै पुरुष छन् । जसमा मलेसिया र कतारबाट एक(एक जना तथा दुई जना भारतबाट आएका हुन्।

त्यस्तै विर्तामोड नगरपालिकाको क्वारेन्टिनमा भारतबाट आएर बसी रहेकी एक जना महिलामा पनि संक्रमण पुष्टि भएको चौंलागाईंले बताए ।

यसरी कोरोना भाइरसको संक्रमित देखिएसंगै अर्जुनधारामा समुदायमास्तरमा थप फैलनसक्ने सम्भावना रहेको भन्दै साउन १८ गते बिहान ५ गतेदेखि २२ गतेसम्म लकडाउन गरिएको छ । भने बिर्तामोडमा हिजो मध्यराति देखि अनिश्चितकालिन लकडाउन गरिएको छ ।

सम्बन्धित खवर