झापामा थप आठ जना कोरोना संक्रमित - Mangsebung News
  • सोमबार, असार २३, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

झापामा थप आठ जना कोरोना संक्रमित


झापा । झापामा मंगलबार थप आठ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरबाट भएको परीक्षणमा कचनकबल गाउँपालिकाका ३ जना, भद्रपुर ८ का १ जना, गौरिगञ्जका २ जना र दमकका २ जनामा संक्रमण देखिएको जनस्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चम्लागाईले जानकारी दिए ।

संक्रमित भएका सबै जना भारतबाट फर्किएका हुन् । उनीहरु मध्ये २ जना होम क्वारेन्टिनमा र ६ जना स्थानीय तहको क्वारेन्टिनमा बस्दै आएका थिए ।

उनीहरु सबैको मेची प्रादेशिक अस्पताल भद्रपुरमा उपचार हुने भएको छ । यो सँगै झापामा संक्रमितको संख्या ३ सय ८३ पुगेको छ ।

सम्बन्धित खवर