दमकमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि - Mangsebung News
  • शुक्रबार, चैत १६, २०८०
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

दमकमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि


दमक । दमकमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

साउन १७ गते दाहाल प्रतिष्ठानबाट १२ जना, एम्बुलेन्स चालक ८ जना र विभिन्न संघ संस्था तथा होम क्वारेन्टाइनमा बसेका ४४ जना गरि जम्मा ६४ जनाको पिसिआर संकलन गरि प्रदेशिक जनस्वास्थ्य अस्पताल विराटनगरमा गरिएको परिक्षमा २ जनामा कोरोना पोजेटिभ देखिएको दमक नगरपालिकाका उप प्रमुख तथा प्रवक्ता गीता अधिकारीले जारी गरेको विज्ञप्तीमा जनाइएको छ ।

उनीहरु भारतबाट फर्किएर होम क्वारेन्टाइनमा बसिरहेका ३७ वर्षिय र ४३ वर्षीय पुरुष रहेका छन् ।

त्यस्तै विज्ञप्तीमा भनिएको छ, नगरपालिकाले आधिकारीक सञ्चार माध्यमबाट सुसूचित गराउने हुदा निराधार रुपमा सामाजिक संजालमा फैलिएको सुचनाको भर नपर्न समेत अनुरोध गरिएको छ ।

प्रेस विज्ञप्ती हेनुहोस्

सम्बन्धित खवर