
दमक । सुनसरीको इटहरी उपमहानगरपालिकाले आजदेखि पाँच दिन लकडाउन गर्ने निर्णय गरेको छ ।
मंगलबार चार जनामा संक्रमण देखिएपछि लकडाउन गर्ने निर्णय गरिएको इटहरी उपमहानगरपालिकाका प्रमुख द्धारिकलाल चौधरीले जानकारी दिए ।
प्रमुख चौधरीका अनुसार कोरोना संक्रमणलाई फैलन नदिन अति आवश्कीय काम, सेवा बाहेक साउन २५ गते सम्म आजबाट पुर्णरुपमा बन्दाबन्दी हुनेछ ।
केही दिनअघी इटहरी उपमहानगरपालिकाका एक इन्जिनियरमा कोरोना भाइरस संक्रमणको पुष्टि भएसँग आजदेखि लागू हुने गरी उपमहानगरपालिकाले ५ दिनका लागि लकडाउन गर्ने निर्णय गरेको हो ।
उक्त ब्यक्तिमा कोरोना संक्रमण देखिए संगै परीक्षणको दायरालाई तीब्रता दिइएको थियो ।
साउन १५ गते यता मात्रै ३ सय ५२ जनाको स्वाब संकलन गरि परिक्षण गरिएको थियो । तीमध्ये मंगलबार मात्रै ४ जनामा कोरोना संक्रमण देखिए थियो ।