मोरङमा कोरोना संक्रमणबाट दुई जनाको मृत्यु - Mangsebung News
  • शनिबार, बैशाख १५, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

मोरङमा कोरोना संक्रमणबाट दुई जनाको मृत्यु


मोरङ । मोरङमा मृत्यु भएका दुई जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ ।

मृत्यु हुनेमा विराटनगर महानगरपालिका– ९ का ४५ वर्षका पुरुष र रंगेली नगरपालिकाका पुरुष रहेका छन ।

विराटनगरका पुरुषलाई मंगलबार राति कोशी अस्पताल विराटनगरको आइसोलेसन कक्षमा भर्ना गरि उपचारको क्रममा बुधबार दिउँसो १ बजे मृत्यु भएको थियो ।

त्यस्तै उपाचारका लागि अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएका रंगेली नगरपालिकाका पुरुषमा पनि बुधबार दिउँसो कोरोना रिपोर्ट आउदा संक्रमण पुष्टि भएको कोशी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. चुमनलाल दासले बताए ।

सम्बन्धित खवर