हात्तीको आक्रमणमा परी झापामा एक जनाको मृत्यु - Mangsebung News
  • शनिबार, बैशाख ०८, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

हात्तीको आक्रमणमा परी झापामा एक जनाको मृत्यु


दमक । जंगली हात्तीको आक्रमणमा परी झापामा एक जनाकोे मृत्यु भएको छ ।

गएराति आएका दुईवटा हात्तीको आक्रमणमा परी झापाको कमल गाउँपालिका–५, टुक्रे नयाँ बस्तीका ५८ वर्षीय रोहित रेग्मीको मृत्यु भएको हो ।

हात्तीले घर भत्काउन थालेपछि भाग्ने क्रममा रेग्मीको मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । प्रहरी कार्यालयको अनुसार हात्तीले घर भत्काउन थालेपछि ज्यान जोगाउन भागेका रेग्मीलाई हात्तीले लखेट्दै लगेर घरभन्दा करीब २० मिटर पर ज्यान लिएको हो ।

शसस्त्र प्रहरीको छाप्रोमा घर बनाएर बस्दै आएका रेग्मीको हात्तीको आक्रमणबाट मृत्यु हुनुका साथै बाँसको टाटी र टीनको छानो भएको उनको घर पूर्णरुपमा क्षति भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

सम्बन्धित खवर