झापाको अर्जुनधारामा थप चार दिन लकडाउन लम्बिने - Mangsebung News
  • बुधबार, बैशाख २६, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

झापाको अर्जुनधारामा थप चार दिन लकडाउन लम्बिने


झापा । झापाको अर्जुनधारा नगरपालिकाले थप चार दिन नगरपालिका क्षेत्रमा बन्दाबन्दी गर्ने भएको छ ।

बिहीबार बसेको नगरको बैठकले थप चार दिन लकडाउनको अवधि थप गर्ने निर्णय गरेको हो ।

अर्जुनधारा नगर क्षेत्रमा पनि समुदायमा कोरोना भाइरस संक्रमित फेला परिसकेकाले थप समुदायस्तरमा फैलनसक्ने सम्भावना रहेको भन्दै उक्त निर्णय गरिएको नगर प्रमुख हरिकुमार रानाले बताए ।

नगरपालिकाको सभाकक्षमा बसेको बैठकले नगरमा कन्ट्याक ट्रेसिङ गर्न सहज होस् भन्नका लागि लकडाउन थप गरिएको नगरपालिकाले जनाएको छ ।

यस अघि नगरपालिकाले साउन १८ गते बिहान ५ गतेदेखि २२ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको थियो ।

सम्बन्धित खवर