
धरान । धरानमा रहेको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत २ जना चिकित्सकलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रतिष्ठानको इएनटी र बायोकेमेष्ट्री विभागका दुई जना डाक्टरको पिसिआर रिपोर्ट पोजेटिभ आएको हो ।
उनीहरू दुवै जना पुरुष चिकित्सक हुन् । उनीहरू आफुलाई शंका लागेर नै दुवै डाक्टरले पिसिआर जाँच गराएका थिए भने आइसेलेट भएर उनीहरु बसेका थिए ।
संक्रमित दुवैको अवस्था सामान्य रहेको प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाले जानकारी दिए ।