
दमक । झापाको कमल गाँउपालिका ६ गाविसस्थित ढुकढुकी युवा क्लवको अध्यक्षमा तेजु आङदेम्बे चुनिएका छन् ।
आइतवार सम्पन्न क्लवको साधारणसभाको वन्दसत्रले आङदेम्बेको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मतले चयन गर्दै समापन गरेको हो ।
र्
समितिको उपाध्यक्षमा दिपेन्द्र संग्रौला, सचिवमा दिपक खड्का, सह–सचिवमा चिरञ्जीवि रेग्मी (किरण), कोषाध्यक्षमा हर्क वहादुर राय र सह–कोषाध्यक्षमा धनमाया ताजपुरिया चुनिएका छन् ।
त्यस्तै सदस्यहरुमा सुनिल विक, भावना खड्का, बहादुर ताजपुरिया, गणेश बस्नेत, नारायण भट्ठराई, प्रतिक खरेल, विक्रम राई, प्रतिमा भट्ठराई, प्रतिभा तिम्सीना चुनिएका छन् ।
यसैगरि क्लवको आन्तरिक लेखा व्यवस्थित वनाउन तीन सदस्यीय लेखा समिति समेत गठन गरिएको छ ।
युवाहरुलाई संगठित गर्दे खेलकुदसहित विभिन्न सामाजिक कार्य गर्ने उद्देश्यले २०६० सालमा स्थापना भएको क्लवलाई गतिशील वनाउन क्लवले विभिन्न काम थाल्ने अध्यक्ष आङदेम्बेले प्रतिवद्धता जनाएका छन् ।