
झापा । कोरोना भाइरस संक्रमणका कारण थप एकजनाको मृत्यु भएको छ ।
मोरङको बुढीगंगा गाउँपालिका २, गंगा चोकका ५५ वर्षीय पुरुषको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा मृत्यु भएको हो ।
प्रतिष्ठानका प्रवक्ता डा.दिनेश सापकोटाका अनुसार गएराति उनको मृत्यु हो । उनलाई दुई दिनअघि विपी अस्पतालमा भर्ना गरिएको थियो ।