
ईलाम । इलामको सन्दकपुर गाउँपालिकामा वडा सदस्य सहित ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
सन्दकपुरमा रहेको पञ्चकन्या हाइड्रोपावर मर्मत गर्न आएका ११ जनामा केही दिन अघि कोरोना देखिएपछि समुदायमा फैलन नदिन कोरोना टेस्ट गरिएको थियो ।
समुदायका ५० जनामा टेस्टमा गरिएको मध्ये एक जना वडा सदस्य र ३ जना हाइड्रोपावरका कर्मचारीमा कोरोना देखिएको हो । उनीहरुको स्वाव साउन २३ गते संकलन गरि परिक्षण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत महेश राईका बताए ।
समुदायमा कोरोना फैलन नदिनका लागि गाउँपालिकाले साउन २२ गते बाट एक साताको लागि सिल गरेको थियो । कोरोना संक्रमित देखिएपछि सिल लम्व्याउने वा नलम्व्याउने भन्ने बिषयमा बैठक बसेर निर्णय गरिने राईले बताए ।
योसंगै इलाममा अहिलेसम्म कुल कोरोना संक्रमितको संख्या ८१ जना पुगेको छ ।