किरात माङहिम आगजनी गरिएको प्रति संघको गम्भीर ध्यानाकर्षण - Mangsebung News
  • बुधबार, बैशाख १९, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

किरात माङहिम आगजनी गरिएको प्रति संघको गम्भीर ध्यानाकर्षण

दमक / ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका २, मा अवस्थित किरात खाम्बुलिङ नाहाङमायक माङहिम तोडफोड गर्ने हेतुले आगजनी गरेको प्रति किरात धर्म तथा साहित्य उत्थान संघको गम्भीर ध्यानाकर्षण भएको छ ।

संघका अध्यक्ष डकेन्द्र सिंह थेगिम र मुख्य सचिव संकल्प लिङदेनले संयुक्त रुपमा बिहीबार विज्ञप्ती जारी गरी उक्त अपराधिक घटनाको प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

विज्ञप्तीमा भनिएको छ :– माङहिम तोडफोड गर्ने हेतुले गत २०७७ साल साउन २७ गते सोमबार रात्रीकालीन समयमा केही अज्ञात अपराधिक समुहले पुरै भरिएको ग्यास सिलीन्डरलाई वरीपरी बोराले बेरी करिब २५ र ३० लिटर मट्टितेल छर्की आगो लगाई आगजनी गरेकोमा गम्भिर आपती जनाउदै कार्बाहीको माग गर्दछौ ।

विगतमा समेत यस्तै अपराधिक समुहबाट तेह्रथुम, ताप्लेजुङ र संखुवासभाको त्रिबेणी संगम स्थल मेन्छ्यायेम कोक्मा (डाँडा) मा निर्माणाधिन किरात मेन्छ्यायेम युमा माङहिम रातकै समयमा ताडफोड गरि भत्काउने, र फक्ताङलुङ गाउँपालिका ६, लेलेपको तागेरानिङवाभुमाङ फुक्कु कोपियकमा महागुरु फाल्गुनन्दको शालिक स्थापनार्थ तयारी अवस्थामा रहेकोलाई समेत रातकै समयमा तोडफोड गरेको जनाउदै विज्ञप्तीमा यस खाले विध्वंसकारी, असामाजीक गतिविधीमा संलग्नको पहिचान गरि कानुनी कटघरामा ल्याई दाषी उपर सशक्त रुमा कार्बाही गर्न स्थानीय प्रशासन, स्थानीय सरकार र नेपाल सरकार समक्ष जोडदार रुपमा अपिल गरेको छ ।

प्रेस विज्ञप्ती

सम्बन्धित खवर