आजबाट दमक आंशिक रुपमा बन्द हुने - Mangsebung News
  • मङ्गलबार, बैशाख १८, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

आजबाट दमक आंशिक रुपमा बन्द हुने


दमक / आजबाट दमक नगरपालिका क्षेत्रमा आंशिक रुपमा बन्द हुने भएको छ ।

बिहीबार बसेको नगर पालिकाको कोरोना रोकथाम तथा नियन्त्रण समन्वय समितिको बैठकले शुक्रबारबाट लागु हुनेगरि आंशिक रुपमा लकडाउन गर्ने निर्णय गरेको नगरपालिकाका उप प्रमुख तथा प्रवक्ता गीता अधिकारीले विज्ञप्ती मार्फत जानकारी गराएको छ ।

नगरपालिका क्षेत्रमा रहेको औषधि पसलबाहेक सबै खाले व्यवसायहरु बिहान ८ बजे बाट बेलुकी ४ बजे सम्म मात्रै खोल्न पाउने विज्ञप्तीमा उल्लेख गरिएको छ ।

पसल सञ्चालन गर्दा अनिवार्य भौतिक दुरी कायम गर्ने, सेनिटाइजरको प्रयोग गर्ने, मास्क लगाउने र स्वास्थ्य सुरक्षाको पालना गर्न भनिएको छ । हाट बजार, सभा सम्मेलन जस्ता भिडभाड हुने स्थानहरु भदौ मसान्त सम्म बन्द गरेको छ ।

त्यस्तै भदौ १५ सम्म दमक भित्र कोही पनि आउन नपाउने र अति आवश्क काम परे वडाध्यक्षको सिफारिस लिएर मात्रै आउन पाउने जनाएको छ ।

अति आवश्यक काम बाहेक बेलुका ६ बजे बाट बिहान बजे सम्म हिडडुल गर्न पुर्ण रुपमा रोक लगाईएको छ ।

त्यस्तै वितीय संस्थाहरुले दिन बिराएर मात्रै १० बजे बाट १ बजे सम्म खोल्न पाउने छन् ।

अन्य सवारी साधनको प्रयोग गर्दा सरकारले तोके बमाजिम मात्रै चढाउने, अटो, सिटी सफारी र रिक्समा २ जना भन्दा बढी चढाउन नपाउने उल्लेख गरिएको छ ।

बिरामीको सवालमा भने अस्पताल लानु परेमा मोटरसाइकलमा एक जना मात्रै चढाउन पाउने ब्यवस्था गरिएको छ ।

यी निर्णयहरुको पालना नगरेको अवस्थामा नगरपालिका प्रशासनले आवश्यक कार्बाही गर्ने समेत जनाएको छ ।

प्रेस विज्ञप्ती

सम्बन्धित खवर