प्रदेश १ मा थप ९५ जना कोरोना संक्रमित - Mangsebung News
  • बुधबार, बैशाख १९, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

प्रदेश १ मा थप ९५ जना कोरोना संक्रमित


मोरङ । प्रदेश नम्बर १ मा ९५ जना कोरोना संक्रमित थपिएका छन ।

शुक्रबार एकै दिन २ हजार २ सय ५ जनाको कोरोना परीक्षण भएको मध्ये ९५ जनामा कोरोना पोजेटिभ देखिएको हो । कोरोना परीक्षणको दायरालाई बढाए संगै एकै दिनमा ९५ जनामा कोरोना देखिए हो ।

प्रदेश १ मा एकै दिन परीक्षण भएको यो अहिलेसम्मकै धेरै संख्या हो । आज प्रदेश १ मा ९५ जना कोरोना संक्रमित देखिए संग प्रदेश १ मा हालसम्म १ हजार ८ सय २१ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यस्तै शुक्रबार ३५ जना कोरोनामुक्त भएका छन् ।

प्रदेश १ मा कोरोना संक्रमण मुक्त हुनेहरुको संख्या १ हजार ७५ जना रहेको छ ।

सम्बन्धित खवर