अनिश्चित कालको लागि दमक पुर्ण रुपमा बन्द हुने - Mangsebung News
  • बुधबार, बैशाख १९, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

अनिश्चित कालको लागि दमक पुर्ण रुपमा बन्द हुने


दमक / झापाको दमक नगरपालिका अनिश्चित कालको लागि पुर्ण रुपमा बन्द हुने भएको छ ।

शुक्रबार दमकमा ६ जनामा कोरोना संक्रमण देखिए पछि संक्रमण समुदाय स्तरमा फैलन सक्ने भन्दै दमक उद्योग बाणिज्य संघले आज राती १२ बजेपछि अत्यआवश्यक बाहेक सबै प्रकारका पसल तथा ब्यवसाय बन्द गर्ने निर्णय गरेको हो ।

संघका अध्यक्ष गोकुल श्रेष्ठका अनुसार ब्यवसायी र उपभोक्ताको सुरक्षाका लागि यस्तो निर्णय गर्नु परेको हो । यो निर्णय संगै दमक शनिवार राती १२ बजेपछि देखि अर्को सूचना जारी नभएसम्म पसल तथा ब्यवसायहरु पुरै बन्द हुनेछन् । तर अत्यआवश्यकीय पसल तथा ब्यवसाय भने खुल्ला रहने र अन्य पसल ब्यवसाय भने अर्को सूचना जारी नभएसम्म बन्द गर्ने निर्णय लिईएको छ भन्दै अध्यक्ष श्रेष्ठले यसलाई पालना गर्न अनुरोध समेत गरेका छन् ।

यसका बारेमा दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीसंग पनि यस बिषयमा छलफल भएको र सोहि अनुसार कार्यन्वयन गर्न नगरपालिकालाई पनि आग्रह गरिएको श्रेष्ठले जनाए ।

शनिवार दिउसो बाणिज्य संघको बैठकले दमक बन्द गर्ने निर्णय गरेको हो । यसभन्दा अघि दमक नगरपालिकाले आंशिक रुपमा लकडाउन गर्ने घोषणा गरेको थियो । जसमा विहान ८ बजेदेखि ४ बजेसम्म पसल तथा ब्यवसाय खोल्ने निर्णय गरेको थियो ।

दमकमा ब्यवसाय गर्ने एक जना व्यवसायीमा समेत कोरोना संक्रमण पनि पुष्टि भइसकेको छ । उनी दमक शब्जी बजारका आलु ब्यवसायी रहेका छन् ।

सम्बन्धित खवर