इलामको करफोक क्वारेन्टाईनमा बसेका एक जनाको मृत्यु - Mangsebung News
  • मङ्गलबार, बैशाख १८, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

इलामको करफोक क्वारेन्टाईनमा बसेका एक जनाको मृत्यु


इलाम । इलामको सूर्योदय नगरपालिका स्थित करफोक विद्या मन्दिरमा रहेको क्वारेन्टाइनमा बसेका एक व्यक्तिको मृत्यु भएको छ ।

साउन २६ गते भारतको हैदरबादबाट आएर क्वारेन्टाइनमा बसीरहेका उनको गए राति ११ बजेतिर मृत्यु भएको हो ।

उनी सूर्योदय नगरपालिका वडा नं ९ का स्थायी २२ वर्षे युवा रहेको सूर्योदय नगरपालिका वडा नं १० का वडाअध्यक्ष पेमा उर्गेन लामाले बताए ।

मृत्यु भएका ती युवाको पिसिआर परिक्षणको रिपोर्ट भने आउन बाँकी नै रहेको जनाएको छ ।

साउन ३० गते उनको स्वाब परीक्षणका लागि पठाइएको जिल्ला स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन बिमल बरालले बताए । क्वारेन्टाइनमा ब्यक्ति आइतबार बिरामी परेका थिए । उनको प्राथमिक स्वास्थ्य चौकीका चिकित्सकले क्वारेन्टाइनमा नै उपचार गराएका थिए । मृतकमा श्वास प्रश्वासको समस्या देखिएको थियो ।

सम्बन्धित खवर