झापाको शिवसताक्षी नगरपालिकामा आजबाट भदौ १० सम्म लकडाउन हुने - Mangsebung News
  • मङ्गलबार, बैशाख १८, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

झापाको शिवसताक्षी नगरपालिकामा आजबाट भदौ १० सम्म लकडाउन हुने


झापा । झापाको शिवसताक्षी नगरपालिमा एक हप्तासम्म बन्दाबन्दी हुने भएको छ

सोमबार बसेको कार्यपालिकाको बैठकले सोमबार राती १२ बजेदेखि लागु हुनेगरी एक हप्ता सम्मको लागि लकडाउन गर्ने निर्णय गरेको हो । आज राती १२ बजेबाट सुरु हुने आंशिक बन्दाबन्दी भदौ १० गते सम्म लागु हुने छ ।

आवश्यकीय खाद्य वस्तुको खरिदका लागि बिहान आंशिक रुपमा खुकुलो पारिने छ । नगरपालिकाको लकडाउन अवधिभर सामुदायिक विद्यालय पनि बन्द गर्ने निर्णय गरेको छ ।

यसअघि शिवसताक्षी नगरमा साप्ताहिक हाट बजार नगरस्तरीय समन्वय समितिले बन्द गर्ने निर्णय गरेको थियो ।

नगरपालिकाले आफ्ना कर्मचारी, बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारी, स्वास्थ्यकर्मी र सञ्चारकर्मीलाई अनिवार्य परिचयपत्र साथमा लिएर मात्र कार्यक्षेत्रमा खटिन आग्रह गरेको छ ।

लकडाउन अवधिभर नगरभित्रका बजारमा औषधि पसल बाहेक अन्य पसलहरू सञ्चालन गरे कारवाही गरिने नगरपालिकाका प्रवक्ता नविन इजम बताए । लकडाउन अवधिभर नगरवासीलाई बिनाकारण घर बाहिर ननिस्कन नगरपालिकाले पनि अनुरोध गरेको छ ।

सम्बन्धित खवर