दमकका ४ सहित झापामा थप ७ जना कोरोना संक्रमित - Mangsebung News
  • बुधबार, बैशाख १९, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

दमकका ४ सहित झापामा थप ७ जना कोरोना संक्रमित


झापा । झापामा दमकका ४ जना सहित थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सोमबार झापामा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको जनस्वास्थ्य कार्यलय झापाले जनाएको छ ।

संक्रमित हुनेहरुमा दमक नगरपालिकाका चार पुरुष, शिवसताक्षी नगरपालिकाका दुई र कन्काई नगरपालिकाका एक पुरुष रहेका छन् ।

दमकमा शुक्रवार ५ जनामा संक्रमण देखिएपछि गरिएको थप परीक्षणमा ६ जनाको रिपोर्ट पोजेटिभ आएको दमक नगरपालिकाका जनस्वास्थ्य अधिकृत बद्रि बरालले जानकारी दिए ।

संक्रमितहरुमा दमक २ का २९ वर्षीय, वडा नम्बर ८ का ५५ वर्षीय, वडा नम्बर ९ का ३० वर्षीय र ३१ वर्षीय पुरुषहरु रहेका छन् ।

त्यसैगरी शिवसताक्षी नगरपालिका वडा नम्बर ४ का ४९ वर्षीय र ७ का ५६ बर्षिय पुरुष रहेका छन् ।

दमकमा हालसम २१ जनामा संक्रमण भएका छन् । ती मध्ये १४ जना उपचार पछि घर फर्किसकेको क्वारेन्टाइन व्यवस्थापन समितिका सचिव समेत रहेका स्वास्थ्य शाखाका कुवेर भट्टराईले जानकारी दिए ।

सम्बन्धित खवर