दमकमा मंगलबार थप ७ जना कोरोना संक्रमित - Mangsebung News
  • बुधबार, बैशाख १९, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

दमकमा मंगलबार थप ७ जना कोरोना संक्रमित


दमक । झापाको दमक नगरपालिकामा मंगलबार थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमित हुनेहरुमा दमक नगरपालिका वडा नम्बर ४ का २६ वर्षीय पुरुष, वडा नम्बर ५ का २२, २५, २६ र ६२ वर्षीय पुरुषहरु र वडा नम्बर ३ का २९ र ३७ वर्षीय पुरुषहरु रहेको जनाएको छ ।

स्रोतका अनुसार वडा नम्बर ४ का संक्रमण पुष्टि भएका गत साउन २० गते भारतबाट आएर दाहाल प्रतिष्ठानको क्वारेन्टाइनमा बस्दै आएका हुन् ।

गत शुक्रबार दमकमा कोरोना संक्रमित थपिए संगै समुदाय स्तरमा संक्रमणको दर बढ्दै गएको छ । नगरपालिकाले समुदायमा कोरोना फैलने देखिएपछि यही भदौ ६ गते सम्मका लागि लकडाउन गरेको छ ।

सम्बन्धित खवर