कोरोना त्रासदीः जनतालाई कहर, सरकारलाई लाभ - Mangsebung News
  • मङ्गलबार, बैशाख ११, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

कोरोना त्रासदीः जनतालाई कहर, सरकारलाई लाभ

अनेकन रोगव्याधी, अभाव, वेथिति र कु–शासनको दमन र बर्वरता भोगी रहेको यो हामेरुँको देशले अझ त्यो भन्दा फरक र भयानक त्रासदीपूर्ण आयतित रोगहरुको सामना गर्नुपर्ने दिनहरु आम नागरिकजनले अब भोग्नुपर्ने कठिन समयहरु आउँन थालेको छ । हामेरुँको बाउबाजेहरुले भन्थे, तेमेरुँ मुलाहरुलाई दुःख पीडाहरु भनेको के थाहा छ..? जाबो एकछाक खान र लाउँन नपाउँदा दुःख भोग्यौं भन्छौ । हामेरुँले कयौं त्यस्तो भोक, रोग र शोकहरु सहयौं । अठार साल तिर महाअनिकाल लाग्यो । देशभरी लाग्यो । त्यो बेला कसरी बाँच्यौं ? आफ्नो दर सन्तानहरुलाई त्यो भोकमरी अनिकालको चपेटाहरुबाट कसरी बचायौं होला..? यी यस्ता बाउबाजेहरुको कथन सुन्दा, आ..! अवः ऊ दिन गए । यी दिनहरुमा यस्तो हुन्न भन्दै नाक र मुख खुम्च्याउँदै वेवास्तामा कुरा काट्नेहरु तपाईं हामेरुँनै त हो क्यारे । जबकी त्यो समयमा भोकमरीको मात्र होईन अनेकन बाधा अड्चनहरुको पनि उस्तै समस्याहरु बग्रेल्तीनै थिए । देश पनि त उस्तै राजनीति उल्झनमा थियो । उसताक गाउँघर समाज झन् कति अँध्यारो थियो होला । प्रविधि युगको यो द्रुतगतिमा अहिले हामेरुँ दौडिरहेका छौं र त देशका कारण अझैपछि परिरहेका छौं भनेर पछुताई रहेछौं भने, त्यो बौउ बाजेको पालाको कुरा र समय झन् कस्तो थियो होला के । यसो सोंच्दा र कल्पनामा उन्दा मात्र पनि कहाली लाग्न सक्छ । सो मानेमा बाजे र नातिको पाला अहिले आकास धर्तिको फरकमा उभेको छ सायद । भोगाई र गराईमा पनि उस्तै अन्तर फरक हुँदै गयो । परस्पर चेतनाबीचनै असमान पर्खालको स्तम्भ उभिन गयो । त्यति मात्र होईन त्यसले भोगाई र गराई बीचको अनुभूति गर्ने सोंचाइ अनि दृष्टिकोणमै फरक धारमा अहिलेको युवापुस्ताहरुमा अर्कै नजिर स्थापित गर्दै र भत्काउँदै लग्यो ।


अतः उसबेला पनि यी यस्ता महामारी रोगहरु नभएको र नआएको भने होईनन् । उहीँ अहिले जस्तो व्यापकता हुन सक्दैनथ्यो । उसताक गाउँघरको बस्तीहरु पातलो हुनु साथै परस्पर सामुदायिक भेटघाट नहुनु र विशेष सञ्चार माध्यमको पहुँच नभएर पनि उक्त रोगव्यधीहरुले महामारी रोगहरुका रूपमा जनमानसबीच त्रासदीपूर्ण अफवाह फैलाउँन र फैलन पाएन र सकेनन् । तथापी ती रोगहरु यथार्थमै अहिले हामेरुँले भोग्दै आइरहेका यी कोरोना भाईरसहरु भन्दा पनि ज्यादै डरलाग्दो र सघन उपचार हुन नसकिने खालहरुका थिए । जस्तो कि त्यो समयमा क्षयरोग भन्ने थियो । जसलाई टिबी रोग नि भन्ने गरिन्थ्यो । यो रोगसँग आम मान्छेहरु नाम सुन्दै मात्र पनि थरर काँप्थे । आफैंमा यो सरुवा रोग भएको कारण आफ्नो परिवारजनसँग त सम्बन्ध विच्छेद भए जस्तै बस्नुपर्ने बाध्यात्मक नियम थियो । जसरी अहिले कोरोना रोग विरुद्ध एक आपसमा सामाजिक दूरी कायम राख्दै टाढिनु पर्ने हुन्छ । यथार्थमा हिजो उनै हामेरुँको बुवा बाजेको पालामा पनि रोगहरुको नाम सुन्दा नि, डरलाग्दो सातो जानेहरु काफीनै थिए । अझ त्यस्तैमा अन्य रोगहरुमा विफर, औलो/मलेरिया, कुष्ठरोग, हात्तीपाईले भन्नेहरु उस्तै डरलाग्दा थिए नै । जसको सामना हामेरुँको अघिल्लो यी बुवाबाजे पुस्ताहरुले हदैसम्म भोग्नु परेको थियो कठै..!


कोरोना भाईरसको अस्तित्व र उठान

विश्व महामारी रोगका रूपमा आँतक पार्न र दर्ज गर्न अभ्यास्त यो कोरोना भाईरस (कोभिड १९) उदाउँदो शक्तिशाली देश चीनको हुवेई प्रदेशको राजधानी बुहानबाट सन २०१९ को डिसेम्बर महिनामा यसको अस्तित्व र सार रुप बाहिर आएको हो । यो रोगबारे शुरुवात चरणमा सामाजिक सञ्जालहरु लगायत अन्य विभिन्न खोजमूलक पत्रपत्रिकाहरुमा अनेकन अफवाह फैलाउँने खालका त्यस्ता थुप्रै अड्कलबाजी कथन बुनेका कथित मिथ्या भ्रमहरुको सामग्रीहरु खुबै सम्प्रेषणहरु पनि काफी भए, देखिए । जसको कारण देशदेशबीच रहि आएको कुटनीति अन्तर सम्बन्धमा परस्परमा, वैचारिक द्वन्द्वले प्रश्रय पाइसकेको अवस्था थियो । यो मामलामा विश्व शक्तिशाली राष्ट्रको रूपमा आफूलाई सदा हाँक दिने अमेरिका र पछिल्लो उसलाई काउँण्टर दिँदैं आइरहेको उदाउँदो शक्तिशाली राष्ट्र चीनबीच यसै कोरोना भाईरसलाई लिएर एक अर्कामा आरोप प्रत्यारोपमा उत्रिए ।


जसको आन्तरिक द्वन्द्व बढाउँने कार्य बढी यिनै सोसल मिडियाहरुले गरे । यी कलमीहरुले के दर्ज गरिदिए भने, यो कोरोना भाईरस अमेरिकाले सामरिक र आर्थिक रुपले अनपेक्षित सफलताको समृद्धिमा उकालो चढिरहेको चीन विरुद्ध पूर्ण रूपमा सिध्याउन र तहसनहस पार्न निर्माण गरि पठाएको हो भनि कथित मिथ्या आलेखहरु सम्प्रेषण गरे भने केहीले फेरि चीनले अमेरिका विरुद्ध आफ्नो प्रयोगशाला विधिमा निर्माण गर्दै गर्दा भूलवस बाहिर निस्किएको हो भन्न समेत भ्याए । र केहीँ बुझक्कड बुज्रुक भनौंदा व्यक्तित्वहरुले आ–आफ्नो विचारहरुलाई कोहीँले अमेरिका विरुद्ध बोले त, कसैले उस्तै चीन विरुद्धको मिशनको रूपमा उभ्याई दिए । अन्त यस्तो खाले पक्ष विपक्षबीचको अड्कलबाजी प्रचारबाजीले थप राजनीति रंगमा झन् अनेकन अविश्वास र तिक्ततालाई बढावा दिने र एक आपसमा खाली द्वन्द्वमात्र बढाउँने कार्यको सूत्रपात ग¥यो । अहिले यी यस्ता कथित भ्रान्तीहरु शनैः शनैः आम मान्छेहरुको मन मष्तिष्कहरुबाट हट्दै गइरहेको अवस्था छ । यथार्थ के हो..? तत् सम्बन्धी सबै बुझ्ने प्रयासमा छन् ।


अतः यो कोरोना भाईरस विशेष शल्यक्रिया सोधखोज गरिनुपर्दा सन (२००२÷०३) ताका चीनमै पहिलो पटक देखिएको सार्स भाईरस रोगकै दोस्रो परिवर्तित रुप यानेकी त्यसकै प्रतिनिधि सदस्य भएको प्रमाणिकरण नि भइसकेको छ । यद्यपी अहिलेसम्म यसको सघन उपचार्थ गरिने औषधिमुलो या भ्याक्सिन निर्माण गर्न बाँकी रहेको छ । जुन शक्तिशाली राष्ट्रका चिकित्सक वैज्ञानिकहरुले सोधखोज, अनुसन्धान निरन्तर जारी राखेका छन् । जसको तत्कालै सघन उपचार पद्धति नहुनुलेनै विश्व मुलुकले यो रोगलाई एउटा महामारी रोगका रूपमा सामना वा स्विकार्नु परेको हो । अब ढिलो चाँडो कोरोना विशेष औषधीहरु उत्पादन होलान् नै सायद । बजारमा आइसकेसी त यो रोग पनि अन्य ईन्फुयुएन्जा भाईरसले ल्याउँने रोग जस्तै सामान्य हुँदै जानसक्ने जन विश्वास राख्न सकिनेछ । त्यो राहत प्राप्तिपछिको अवस्थामा भने, विश्व रंगमञ्च हिजो आज जस्तो त्रासदीपूर्ण आतंकित बनेर बाँची रहनु पर्ने छैन् । त्यो भारी अपेक्षा राखौं । अन्तः अहिले कोरोना संक्रमित रोगीहरु जे जति बढ्दै छन् । तिनलाई सघन उपचार्थ रोकथाम गर्न उहीँ मलेरिया विशेष औषधीहरु प्रयोगमा ल्याईएको छ । जे जस्तो भएपनि अहिलेलाई हामेरुँ विश्वका आममनुवाहरुलाई पोजेटिभ भ्राईब्रेसन कन्फिडेन्ट्स मात्र चाहिएको हो । वास्तविक यथार्थ रोगसँग लड्न सक्ने क्षमताको ९९ प्रतिशत औषधी भनेकै यहीँ हो । जो यसलाई निशर्त ग्रहण गर्ने संक्रमित रोगीहरुले मात्र कोरोना भाईरसलाई जित्न सक्छ र आफ्नो सुखद जीवनलाई दीर्घायु औं चिरायुमा बदल्न सक्छ । अहिलेको हकमा उपचार विधि र पद्धतिनै यहीँ हो ।


महामारी रोगको स्वरुप र विस्तार

जब कोरोना भाईरस एकअर्कामा सर्छ भन्ने प्रमाणित भई सकेपछि मात्र यसलाई थप गहिरो प्रक्रियाबाट खोज अनुसन्धान गर्न थाल्यो । आफ्नै मुलुकबाट (चीन) यो रोगको सिर्जना भएपछि चिनियाँ चिकित्सक तथा अन्य सम्वद्ध चिकित्सा विज्ञान सम्बन्धि नियोगका प्राज्ञहरुलाई चीन सरकारले चौविसै घण्टा खोज अन्वेषणनै होल्डमा राखे । अतः चिकित्सकहरुले यस भाइरस संक्रमित रोगीको सिंगटोम र अवस्थाका लक्षणहरु के कस्तो हुन्छन् ? र यसले कस्तोखाले दूरगामी असर पार्ला भन्ने विशेष खोजमा जानकारी लिए र बुझे । तत् सम्बन्धि प्रक्रियागत सोधखोज अनुसन्धानमा चीनसँगै विश्व स्वास्थ्य संगठन (WHO) पनि निर्लुप्त लाग्यो । कोरोना भाईरसको रुप अस्तित्व बाहिर सार्वजनिक रूपमै आतंकको रूपमा निस्किएपछि पहिलो चरणको आंतक विरुद्ध चीन एक्लै लड्दै थियो । बहुजन साँख्यिक भएको चीनमा कोरोना संक्रमित रोगीहरु दिनहुँ बढ्दो चाप थियो । यस्तो कोरोनाको कहरबीच पनि चीन सरकार कति पनि नआत्तिकनै संक्रमित रोगी आफ्नो नागरिजनको सेवा सुसारमा अनवरत रूपमा घोत्ली रहेको थियो । उसले यस्तो जोखिम रोगको एक्लै सामनाहरु गरिरहेको बेला आफूहरुलाई निकै शक्तिशाली ठान्ने र पुँजीवादी रवैयाको हाँक दिने पश्चिमा युरोपियन मुलुकहरूले उसताक उपेक्षितभावमा गज्जवले रमिताहरु हेरिरहेथ्यो । जब कोरोना भाइरसले विस्तारित रुप लियो त्यो आंतकित रुपको विस्तार भने संयोगनै भन्नुपर्ला कि वहीँ युरोपियन मुलुकतिरै पो बसाइँ सर्न गयो ।


भलैः उक्त यो भाईरस चीनमा शनैः शनैः न्यूनीकरण हुँदै गर्दा युरोपेली देशहरुमा ज्यादै द्रुतगतिमा संक्रमण फैलन्दै जाँदै थियो । त्यसो चीनमा ३ हजार ३५ सय जति संक्रमित रोगीहरुको ज्यान जाँदैंगर्दा उता इटाली, स्पेन, अमेरिकी मुलुकहरूको नागरिकजनले १५/१६ हजार संख्याको दरमा संक्रमित रोगीहरुको ज्यान गुम्दै थियो । त्यसमा आफूलाई सदा विश्व साम्रज्यवादी शासकको हुँकार ठान्ने अमेरिकी मुलुक कोरोनाले चिथोर्न थालेसी उसले ऐया..! भन्न समेत भ्याएन कठै..! राष्ट्रपति डोनाल्ड ट्रम्पको शासकीय र्वाफको उन्माद र अंहकारले सीमा त उसै नाघी सकेकै थियो । ता पनि कोरोनाले दिएको आँतक र कहरलाई यी ट्रम्पले आफ्नो देशको नागरिकजनसामु सहानुभूति र उर्जा दिन सकेनन् । र आफैले पनि एकरत्ति कहिल्यै आत्मासाथ गरेनन् । बरु यिनले कोरोना भाईरसको सिर्जना र वीजारोपण आफ्नो देशको विरुद्ध गराएको हो भन्ने आरोप समेत लगाउँन भ्याए । उनले चीन विरुद्ध जति आक्रोश पोखे त्यो भन्दा बढी आक्रोश ध्ज्इ प्रति खनिए । उनले WHO को भूमिकालाई लिएर केही उपलब्धि कामहरु गर्न नसकेको र नखोजेको आरोप समेत लगाए । अझ त्यो भन्दा पर उनले ध्ज्इ लाई खाली चीनलाई मात्र एकलौटी रूपमा सहयोग गरिरहेको र अमेरिकी जनतालाई चाहीँ पूरै वाईपास यानेकी उपेक्षा गरेको आरोप लगाउँदै त्यसको कडा निन्दा र भत्सर्ना नि गज्जबले गरे ।


अन्तः ट्रम्पको त्यो आरोप र निन्दालाई चीन र ध्ज्इ ले पनि त्यसको खुलेर कुनै आधारहीन भएको खण्डन गर्दै, कडा प्रतिवादमा उत्रेका थिए । उसताक ट्रम्पले झन् सन्किन्दै WHO लाई वार्षिक रूपमा अनुदान दिदैं आइरहेको आर्थिक सहयोग रकम कटौती गरी दिने र सहयोग नगर्ने र सहयोग पनि नलिने घोषणा गरे । ट्रम्पको यो अहंकार र सन्किपनको अमेरिकी पूर्व शासकहरुदेखि लिएर आम नागरिकजनले समेत उनको त्यो खरो टिप्पणी र घोषणाको निन्दा एवं पुनः सच्याउन ध्यानाकर्षण गराएका थिए । यथार्थमा महामारीको रूपमा देखिएको यो कोरोनालाई यी ट्रम्प र ब्राजिलका राष्ट्रपतिले ज्यादै सामान्य र गौण रुपले हेरे । जसको कारण यी दुई शासकले आम नागरिकको तथानाम गाली गलौज र अपमानको सामना गर्नु पर्यो । जसको कारण हजारौं कोरोना संक्रमित भएका नागरिकजनले अनाहकमा त्यसै ज्यानहरु गुमाई रहनु पर्यो ।


अपितुः यो आलेख तयार पार्दासम्म कोरोनाले विश्वव्यापी विस्तार गर्नेक्रममा १७० मुलुकहरु भन्दा बढी संक्रमित भइसकेको छ । एकदेशबाट अर्को देशमा विस्तार हुँदै गएपछिनै WHO ले विश्व महामारी संक्रमित रोगका रूपमा घोषणा गर्यो । पूर्ण रूपमा विश्वव्यापी सचेतना गराउँदै लग्यो । उसको भूमिकामा ट्रम्पले पूर्वाग्रह र सन्देह पोखी रहन्दा सिजीङ पिङले भने खुलेर प्रशंसा र तारिफले सह्राना गरेका थिए । उसो त कोरोनाले सबैभन्दा बढी आंतकित पनि पुँजीवादी शक्तिशाली बनेका युरोपेली देशहरुनै भए । जति कोरोनाको कहर र त्रासदी भोगे यी देशहरुले उतिनै आफ्नो नागरिकजनको मानव क्षति पनि त्यस्तै ब्यहोर्नु पर्यो । भने, थप राष्ट्रिय विपत्तिहरुसँगै आर्थिक संकटको सामनाहरु पनि उस्तै गरिरहनु पर्यो । भलैः यी अमेरिकी ट्रम्पले यो चिनियाँ भाईरस हो भनेकै भरमा र त्यो उसकै मात्र समस्या भएको जस्तो भद्वा मजाकको प्रोपोगाण्डाकोपछि विवेक शून्यमा अन्धोढोंगी बनेर यी युरोपेली देशहरु पनि उसको पछि लाग्यो । जुनबेला चीन कोरोना संक्रमितले थलिन्दै रोग विरुद्ध लड्दै थियो । हो त्यो समयमा यी युरोपेली देशहरुले पनि आफ्नो देशले भोली भोग्ने प्रतिरक्षा प्रणालीमा तत्कालै ध्यान आकृष्ट गरेको भए आज उनेरुँले यो अनपेक्षित पीडादायी कहरको यस्तो दूर्गति त भोग्नु र देख्नु पर्दैनथ्यो सायद । के गर्छौ मंगले, आफ्नै ढंगले भने जस्तै भो ।


रोगको पुष्टि र संक्रमित रोगी

विश्वव्यापी कोरोना भाईरसले आफ्नो साम्राज्यवाद फैलाई रहेको अवस्थामा यो महामारी रोगको पहिलो संक्रमित रोगीको ट्याग बोक्ने व्यक्ति को थियो होला ? भन्ने सर्वत्र खोजी र चासोको विषय भने भयो । साथै त्यो व्यक्तिलाई कोरोना भाईरस संक्रमित छ भनेर कसरी पुष्टि गरियो ? भन्ने पनि बहुत चासो र खुल्दुली बन्यो । अतः संक्रमित रोगीको सोधखोजमा जुट्दा वास्तवमा उनी ५७ बर्षिया महिला रहेछिन् । पेशागत रुपले उनी एक माछा व्यापारी हुन् । उनी वी गुझियान नामकी साधरण महिला हुन् । जो चाहीँ कोरोनाको अस्तित्व अंकुरण भएकै सघन ठाँम् वुहानमा झिंगा माछा बेच्ने गर्दथिईन् । उनी वुहानको हुआनैन स्थित सी फुट मार्केटबाटै कोरोना भाइरसको संक्रमण भएको द वाल स्ट्रीट जर्नलले जनाएको बुझिन्छ । यिनलाई एक सार्वजनिक शौचालयको प्रयोग गरेपछि समस्या देखिएको हो । भन्नुपर्दा उनी सौचालयबाट बाहिरिए लगत्तै उनलाई रुघा खोकी र श्वासप्रश्वासमा उस्तै समस्याहरुले अप्ठ्याँएको थियो । जुन यो १० डिसेम्बरमा उनलाई पहिलोपटक कोरोना भाइरसको सिङटम् देखिएको हो ।

अतः कोरोना संक्रमित भएकी गुझियानले ५ दिनपछि नै आफ्नो चेतना गुमाउँदै लगेकी थिईन् । उनको अवस्था ज्यादै नाजुक र गम्भीर बन्दै गएपछि भने १६ डिसेम्बरमा वुहान युनियन अस्पतालमा उनको विशेष रोगको परिक्षण गरिएको थियो । यो रोग जस्तै अन्य व्यक्तिहरुमा पनि त्यस्तै देखिन थालेसी त्यससँगै सी फुट मार्केटसँग कनेक्सन भएको विषय सार्वजनिक भएको हो । अन्तत यी वी.गुझियान बिरामी भएको २१ दिन पश्चात अर्थात ३१ डिसेम्बरमा मात्र उनी कोरोना भाईरसको संक्रमण भएको पत्ता लगाईएको थियो । अर्थात पुष्टि भएको हो । स्मरण रहोस उनी (गुझियान) सन 2020 को जनवारीमा पूर्ण निको भएकी र पेसेन्ट जिरो भएको चिनियाँ मिडिया लाईन न्युज वेभसाईटहरुले दावी गरेका हुन् रछन् ।


नेपालको हकमा यसको अवस्था र प्रयोग

आफ्नै शक्तिशाली छिमेकी राष्ट्र चीनबाट कोरोना भाईरसको अस्तित्व सर्वत्र फैलन थालेसी नेपालले पनि सजकता अपनाउँने ध्यान आकृष्ट भने गर्यो । चीनमा कोरोनाको विस्तारित रुपको दबदबा बढ्दै जाँदा नेपालमा यसको तयारी मानसिक रूपमा मात्र हुँदै थियो । भौतिक रूपमा भने कुनै चाँजोपाँजो थिएन । ओली सरकारको थुतुनोले त संसार भ्याई सकेको हुन्छ तर यता थुतुनोले जोती राखेको र औंल्याईएको कामको कार्यान्वयन सम्पादनमा भने जहाँको तहीं हुन्छ । कार्य सम्पादनमा आईहाले पनि उहीँ कछुवातालमा बट स्लोली—स्लोली मात्र हुने हो । चीनमा नेपाली युवाहरु चिकित्सा पद्धति लगायत अन्य विभिन्न विधागत क्षेत्रमा अध्ययन गर्न गएका १७५ जना बिद्यार्थीहरुलाई लामो समयको अन्तरालपछि उनेरुँको उद्वार गरेको थियो । यी विद्यार्थीहरुलाई उद्वार गर्ने नेपाल सरकारले जिम्मेवारी लिएपनि उचित व्यवस्थापनको लागि खाली जग्गा खोज्न र क्वारोन्टाईनको निर्माण गर्न निकै लामो समयको अभ्यास गर्नु र कुर्नु परेको थियो । कोरोनाको त्रासदीबीच आफ्नै कोठाभित्र निस्सासी रहेका उनेरुँले आफूहरुलाई बाँच्ने आशा कमै राखेका थिए । नेपाल सरकारको अकर्मण्यता र अनुदार नीतिको कारण मुग्लान भासिएका आम नेपाली युवाहरुलाई आफ्नो सरकारले तत्कालै उद्वार गर्ला र राहत देला भन्ने उति आशा राख्दैनन् ।


वस्तुतः चीनबाट कोरोना अन्य मुलुकहरुमा बसाईँ सर्दै गर्दा, नेपालमा यसको संक्रमण भित्री सकेको थिएन । मतलव जिरोनै थियो । तर छिमेकीबाट आफ्नो बसाईको घर दलानमा न आईपुग्ला भन्ने कुनै ग्यारेन्टीनै थिएन । एकदिन जसै उसले प्रवेश गर्ने छ नै भन्नेमा आम नेपालीजन र नेपाल सरकारले पनि हेक्का नराखेको भने होईनन् । तथापी द्रुतगतिमा तयारी तर्फ जुट्यो । नेपाली सेनाको पहल र विशेष संयोजनमा टुँडिखेलमा अढाई तीनसय अट्न सक्ने क्वारेन्टाईनको निर्माण तथा व्यबस्था मिलाएको थियो । उता चीनले एकैदिनमा हजारौं संक्रमित विरामीहरु अट्न सक्ने अस्पतालकै रूपमा टेम्प्रेडी क्यारोन्टाईन निर्माण तथा व्यवस्थापन गर्न सफल बनेको साथै संसारलाईनै आश्चर्य चकित बनाएको थियो । अपितुः नेपाल सरकारको हकमा पहिलोपल्टको अनुभव, अभ्यास र तयारीको जोहो गर्यो । जुन तारिफ गर्न लायकनै भएको थियो । तर कार्य सम्पादनमा र व्यवस्थापन संयोजनमा नेपाल सरकार पूर्णरुपले साहै्र नराम्ररी चुक्यो । देख्दा र सुन्दामा कोरोना विरुद्धको कार्यनीति प्रशंसनीय नै हो, थियो । तर नीति कार्यान्वयनमा नियत देखियो । जसले सरकारको काम कारबाहीमा समवेदनाहीनता र खाली लुटतन्त्र मात्र बढी हावी देखियो । राष्ट्रिय विपत्तिको समवेदनामा पनि मुनाफाको व्यापार गर्ने भ्रष्टमन्त्री र कर्मचारीहरु (अपवाद बाहेक) खुलेआम देखिए । यता कोरोना विरुद्ध लडाइँको तयारी भने निशस्त्र अनि निरिहयतामा मौंन साक्षी बसी रह्यो कठै..!


यता छिमेकी भारत पनि पचास, सय जना संक्रमित रोगीहरुको हारहारीमा सामना गर्दै थियो । आर्थिक रुपले पनि सु—सम्पन्न भएको समृद्धशाली उसले कोरोना विरुद्ध लडाइँमा आफ्नो सम्पूर्ण शक्ति खर्च गर्नमा कन्जुस्याँई भने गरेनन् । रोग विरुद्ध चाहिने जे जति स्वास्थ्य उपचार सामग्रीहरुको व्यवस्थापन गर्न र सर्वत्र पाउँने र जोड्ने गरी सबैखाले अभावको विशेष संयोजन पनि गर्यो । बढी जनघनत्व भएको भारतमा सघन उपचारार्थ संयोजनकारी भूमिका र व्यवस्थापनको तत्कालै तयारी गर्नु र मिलाईनु चानचुने कुरो र विषय नि होईन, ता पनि उसले आफ्नो नागरिकजनको जीवन रक्षा गर्न र स्वास्थ्यलाभ गराउँन भारत सरकारले देखाएको तादारुकता ज्यादै प्रशंसनीय र उत्प्रेरक थियो । जसबाट हामेरुँको नेपाल सरकारले भने कुनै नैतिक पाठ वा शिक्षा लिन सकेन र चाहेनन् पनि । शुरूवातकालीन अवस्थाको अभियान तारिफ औं प्रशंसनीय भएपनि पछिल्लो सरकारको कदम र भूमिकाले प्रशंसा होइन खाली आलोचना र गाली गलौजको झटारो मात्र खाई रहनु पर्यो । उसको भूमिका खेदजनक मात्र रह्यो, देखियो ।


नेपालमा प्रवेश र सघन उपचारार्थ व्यवस्थापन

हामीहरुको देशमा सर्वप्रथम कोरोना भाईरसलाई प्रवेश गराउँने व्यक्ति चीनबाट फर्केका नेपाली युवा पुरुष हुन् । चीनबाट फर्केसँगै उनलाई क्वारेन्टाईनमा स्वास्थ्य चेकजाँचपछि जब कोरोना पोजेटिभ भएको रिपोर्ट र संक्रमित रोगी भएको पुष्टि भएसी उनलाई सिधैं आईसोलेसनमा सघन उपचारार्थ राखियो । र त्यसपछि भने सरकारले केहीँ गम्भीरता अपनायो । र सजकता पनि अपनाएको जस्तो कार्यमा तदारुकता देखाउँन थालेको थियो । अन्त दोस्रो कोरोना संक्रमित रोगी भने महिला थिईन् । उनी फ्रान्स हुँदै दोहाबाट आफ्नो देश टेकेकी थिईन् । समृद्धि श्रेष्ठ नामकी उनी होम क्वारेन्टाईनको बसाईपछि आईसोलेसनमा सघन उपचारार्थ कोरोनालाई जितिन् । र पूर्ण स्वास्थ्यलाभ गरी शुभ सन्देश सहित आफ्नो घर फर्केकी थिईन् ।


विशेषत जब वाह्रय मुलुकबाट फर्कने नेपालीहरुबाट कोरोना संक्रमित रोगीहरुको आगमन हुन थाल्यो । त्यसले थप रोगीहरुको चाप बढाउँने अनि एकअर्काबीच त्रासदी र शंका उपशंकाहरुलाई थप बढावा दिने कार्यको सूत्रपात गर्यो । कोरोना संक्रमित रोगीहरु एक दुई जनामा देखिन थाल्दासम्म सरकार भने, पूर्ण तयारीका साथ रत्ति थिएनन् । टुँडिखेलमा नेपाली सेनाको संयोजनमा निर्माण गरेको क्वारेन्टाईन बाहेक देशको अन्य भाग र ठाउँहरुमा पूर्ण तयारीहरु विल्कुलै थिएनन्, गर्ने तर्फ मात्र मेन्जो उन्मुख देखिएका थिए । त्यसमा कोरोना सम्बन्धि विशेष स्वास्थ्य सामग्रीहरुको उपयन्त्रहरु के के चाहिने हुन् वा प्रयोग गरिन्छन्..? भन्नेमा सरकार झण्डै बेखवर झैं थियो । अझ संक्रमित रोगीहरुसँग २४ सै घण्टा उपचारार्थ सेवारत चिकित्सक एवं स्वास्थ्य स्वयंसेवीहरुले त्यस्तो जोखिमहरुको सामना गरी रहनुपर्दा, तिनले आफ्नो प्रतिरक्षा कसरी गर्ने ? र उनेरुँले प्रयोग गर्ने सामग्रीहरु के के हुने ? भन्नेमा पनि नेपाल सरकार अलमली रहेको थियो । अझ् सम्बद्ध विभागीय स्वास्थ्य मन्त्री भानुभक्त ढकाललाई त उक्त महामारी रोगकाबारे कुनै चासो र चिन्ता पनि देखिएन, थिएन पनि । उनी भन्दै थिए, कोरोना रोग लागे सरकारले जिम्मा र उपचार गर्दैनन् । जो भएपनि आफैले उपचार गर्नुपर्ने छ भन्न समेत भ्याए । भने आफ्नो घरमा पाहुनाहरु आएकोले कोरोना विरुद्धको छलफल बहसमा भाग लिन नसक्नेसम्मको गैरजिम्मेवारी अभिव्यक्ति पनि दिए । उनको यो मन्त्री हुनुको अहंकारी चुत्थो बोलीको सर्वत्र सामाजिक सञ्जाल र पत्रपत्रिकाहरुमा कडा निन्दा र भत्र्सना सहितको आलोचनाहरुले भरिएका थिए । अतः सम्बद्ध मन्त्रालयको प्रवक्ता भने केही उदार र समवेदनाभावलाई हार्दिकता बाँड्ने चरित्रका देखिन्थे ।


यसको मतलब कोरोना भाईरसको सन्त्रास र यसको फैलन्दो गतिको अवस्था ज्यादै भयावह हुँदैं गर्दा पनि नेपाल सरकार भने निकै अटेर बनेर, दिनहरु गन्दै र बहु प्रतिक्षित बने जस्तो रमिताहरु हेर्दै बसे जस्तो भएको थियो । यस्तो समयमा नेपाल सरकार भने रोग विरुद्धको प्रतिरक्षा र रोकथामतिर भन्दा नि अन्य मुलुकहरुको संक्रमित रोगीहरुको मृत्यु संख्या र संक्रमित भएकाहरुको संख्याहरुको गणना गर्दै बस्यो र आफैसँग जाईलाग्ने संकट विरुद्ध पूर्व तयारीका साथ लड्ने योजनाको निर्माण गर्न सकेन । सरकार यहीँनेर वेश्कनै चुक्यो । कोरोना संक्रमित रोगीहरुको संख्या शून्यबाट १, २, ३, ४ र ५ हुँदै न चढ्दै थियो । जुन संख्याहरु पुनः गुणामा बदलिन्दै गएका हुन् । ता पनि नियन्त्रणमा राख्न वा बसमा राख्न सकेनन् । यो सरकार आफैंले जानाजान गरेको गद्दारी र हेलचेक्र्याईको कारणले नै संक्रमित रोगीहरुको संख्या एक्कासी ह्वात्तै बढेको हो ।


बन्दाबन्दीको प्रयोग र यसको प्रभाव

हामेरुँको देशमा यो LOCKDOWN(बन्दाबन्दी) भन्ने कार्यको प्रयोग पहिलोपल्ट गरिएको हो । यो भन्दा अघि यसको प्रयोग त Lockdown भन्ने कुन चरीको नाम हो.? कोही कसैलाई नाम समेत त थाहा थिएन । नेपाली नागरिकजनले खाली नेपाल बन्द र कर्फ्युसम्म भोगेका, देखेकाहरुको लागि यो बन्दाबन्दी .नयाँ र उदेकलाग्दो तर ज्यादै निसासिन्दो लाग्यो । कहिल्यै यस्तो अनुभव र सास्ती नभोगेका नेपालीजनको निम्ति कठोर सजाए भोग्दै गरेको अपराधी भए झैं आत्मापीडानुभाव भित्र डुबी रहे । अतः यो Lockdown गर्ने कार्य कोरोना बीजाङकुरण भएको प्रभावित देश चीनबाटनै शुरु भएको हो । पहिलोपटक उसले नै कोरोना सिर्जित बुहान क्षेत्रबाटै ीयअप म्यगल कोरोना विरुद्धको नाममा जारी गरेको हो । यहीँ मियोमा कोरोना प्रभावित देशहरुले क्रमशः आ–आफ्नो देशमा Lockdown जारी गर्न थालेको हो । यहीँ फन्कोमा हामेरुँको नेपाल सरकारले पनि गत (११ चैत २०७६ देखि २५ बैसाक २०७७) सम्म पहिलोपटक बन्दाबन्दी जारी गरेको घोषणा गर्यो । तत्पश्चात सरकारले पुनः किस्ताबन्दीमा बन्दाबन्दी थप्दै जारी गरिरहयो । यो आलेख तयार पार्दासम्म Lockdown थप जारी गरेको पाँच किस्ता पर पुगी सकेको छ । संक्रमित रोगीहरुको मृत्यु र संख्याहरु पनि परदिन बढ्नुले बन्दाबन्दी निरन्तर जारी एंव लागू भइरहने अवस्था छ ।


सरकारले बिना तयारी र पूर्व जानकारी नदिई देशमा एक्कासी Lockdown लगाएको उर्दी जारी गर्यो । यसको अर्थ सर्वसाधारण श्रमजीवी, दीनदुःखीहरुले त्यतिखेर मात्र थाहा पाए जतिखेर उनेरुँले केहीँ गरिखाने र मागीखाने स्थान र जग्गा पाएनन् । त्यसबेला मात्र Lockdown को अर्थ बुझे र भारी गम खाए । कि lockdown पुर्णरुपले ठप्प बन्द गर्ने र दायाँबायाँ हलचल समेत गर्न नपाईने खेल रहेछ भन्ने बोध भएसी निम्न वर्गीय नागरिकजन र साँझ विहान पसिना श्रम चुहाउँदै, चुल्हो बाल्ने निरिह्य श्रमजीवीहरुको हकमा भने यो lockdown ले ठाडै रोजीरोटी खोस्ने कार्य गर्यो । सबैभन्दा बढी कष्टदायी पीडा भोगमा यिनै श्रमजीवी बबुराहरु मारमा परे । हुनेखाने कुलीन वर्ग र मध्यम वर्गीय व्यक्तिहरुको हकमा कुनै साह्रोगाह्रो नभए पनि यसको नियम पालना गर्न र भोगकर्म गर्न उनेरुँलाई पनि सहज देखिन्न । हुनेखाने वर्गहरुलाई त यस्तो अवस्थामा जीवन धान्न गाह्रो लाग्दा, झन् केही नहुने र अभावमा जीवन धान्ने बबुराहरुको चुल्होमा आगो कसरी बल्न सक्छ, सक्ला..?


Lockdown जारीपछि सरकार कटुआलोचनाको घेराबन्दीमा पर्नुको कारण मुख्य संयोजनकारी व्यवस्थापन गर्न नसक्नुनै कारक बन्यो । राहत प्याकेजहरु पाउँनुपर्ने सम्बन्धित वर्ग र समुदायले पाउँन सकेनन् । उहीँ सत्ताधारीका कर्ताभर्ता र केही मुठ्ठीभरका शासकीय रवाफ दवाफ र चुरीफुरी देखाउँनेहरुकै हालीमुहाली भयो । सरकारी राहतको रासन पानीमै सत्ता र नेकपासँग नाभि जोडिएका कार्यकर्ताहरुले आफ्नै गोजीको पैंसाले राहत बाडेको जस्तो सामाजिक अभियेन्ताको रूपमा स्वयंसेवक समेत बनि टोपले । अन्त राहत प्याकेज पनि वहीँ पार्टी ट्याग लागेका केही परिवार लगायत समुदायलाई बाँडी दिएर ठूलै उपकार गरे जस्तो शासकीय चोलाको हुँकारहरु पेश गर्नेहरु नि यो Lockdown को भीडहरुमा काफी देखिए । भनेसी सरकारले निम्न वर्ग र समुदायको खातिर छुट्टयाएको राहतको त्यत्रो मोटो रकम यिनै सत्ताका रखवाला रक्त पिपासुहरुले भ्याउँदा रहेछन् । अनि यस्ता धमिरा जुकाहरुले सरकारी राहत रकम उहीँ बोल आव्हान टेण्डरमा व्यापारीकरण गरेसी श्रमजीवी, दीन दुःखी गरीबहरुले कसरी राहत पाउँन सक्छन् ?


भलैः यो Lockdown बीच सरकारले नियमनकारी अनुगमन गर्ने सयंन्त्र निर्माण नगर्नु पनि ठूलो कमजोरी सावित हुन गएकोछ । राहत प्याकेज होस् वा कोरोना विशेष स्वास्थ्य सामग्रीहरु खरिद गर्दा किन नहोस् । सम्बद्ध विभागीय मन्त्रालयका मन्त्री र तिनका कर्मचारीहरुको मिलेमतोमानै कमिशन खुलेआम घिच्न पुग्छन् । भने सरकार आफै दोहोरो चरित्रमा आफै धामी आफैं बोक्सी बनेको छ । यस्तोमा उसले नियमन किन गर्छ त..? हुन त यी यावत कमि कमजोरी र समस्याहरुको दोष संघीय सरकारलाई मात्र थोपर्नु या दिनु हुन्न । यसको भागीदार स्वयं प्रदेश सरकार र स्थानीय सरकार पनि उस्तै जिम्मेवार छ, हुनुपर्छ भन्ने पनि हो । संघीय सरकार नियम नीति भन्दा पर आफ्नो शक्तिको दुरुपयोग र रवैया देखाए प्रतिपक्षी पार्टी र प्रदेश सरकारले पनि तुरुन्तै प्रतिवादमा एक्सन लिन सक्ने साहस औं दम देखाउँन सक्नु पर्छ । सरकार आउट अफ ट्र्याकमा गयो भने त्यसको विरुद्ध उभिनै पर्छ । कोही कसैले सरकारको शासकीय रवैयाको प्रतिकार र खण्डन गर्न सकेनन् भने त्यो सरकार आफैमा अधिनायकवादी चरित्रको एक नम्बर स्वेच्छाचारी शासक बन्ने छ । तसर्थ, आज संघीय सरकार विरुद्ध खुलेर त्यसको विरोध गर्नेहरुको अभावको कारण यो ओली सरकार सबैभन्दा बढी स्वेच्छाचारी र अहंकारी बन्दै गएको हो ।

विडम्बना दुर्भाग्यनै भन्नुपर्ला कि ीयअप म्यगल ले कयैंनको जिन्दगीहरु बर्बाद पार्यो । कतिको जिन्दगी डिप्रेसनमा गयो । फरेस्टेसन भए । कतिले आत्मा विश्वास गुमाए र आत्माहत्या गरे । कतिको जिन्दगीहरु घरको न घाट भयो, बनायो । कतिले प्रहरी प्रशासन दमनको सामना गर्नुपर्यो । दुर्ववहार पनि उत्तिकै भोग्नु पर्यो । अनाथ बालवालिका, असाहय रोगी लगायत दोजीया भएका र सुत्केरी महिलाहरुले कयौं दिनहरु भोकै तिर्खै गुजार्नु पर्यो । हुने खानेहरुको लागि त चैननै भो र लाग्ला सायद । केही पनि नहुनेहरुको लागि भने, यो Lockdown ले सबै–सबैको हाँसो, खुशीहरु लुटिरह्यो र बर्बाद पारि रहयो कठै..! काश Lockdown लाई समान हैसियत र समान आममान्छेहरुबीच नियमन पालन तथा आज्ञाकारी पालकको रूपमा मात्र सबैले पालना गर्दै, उचित र सहिसलामत उपकारी नेतृत्वदायी संयोजनकारी भूमिका निर्वाह गरिदिएको भए..? वाह…! ओली सरकार भनेर मुक्तकण्ठले तारिफ र प्रशंसा गर्थे सायद । खैर उक्त यो Lockdown नेपाली नागरिकजनको खप्परमा कष्टदायी कहरको भोगकर्म गर्ने साईत मात्र लेखेको रहेछ । फिरः यो महामारी कोरोना भाईरस विरुद्ध ओली सरकारले ल्याएको Lockdown आम नेपालीजनको खातिर दुर्भाग्यपूर्ण आहतैआहत भएपनि ओली सरकारको हकमा भने सरप्राईज राहतै राहत प्राप्त भए जस्तो भो ।


सघन उपचार विधि र खोज अनुसन्धान

यसको सघन प्राथमिक उपचार पद्वती भनेकै अहिलेलाई एक आपसमा नजिक नहुँनु । अर्थात परस्पर दूरी टाढा राख्नु । अहिले प्रचारवाजीमा सहज सुनिएको, सामाजिक दूरी कायम राख्ने । माक्स अनिवार्य ग्रहण गर्ने । सेनिटाईजर प्रयोग गर्ने । नभएको खण्डमा सावुन पानीले हात मिचीमिची कम्तिमा २० सेकेण्ड जति धुने बानी बसाल्ने । खोक्दा तथा हाछ्युँ गर्दा हातले वा कुहिनोले छोप्ने । तातोपानी वेश्कनै पिउँने । ह्युमर पावरलिटी बढाउँने, फलफूल साग सब्जीहरु बेस्सरी खाने आदि इत्यादी हुन् ।


फलतः यो महामारी रोगलाई निर्मूल पार्नसक्ने यसको औषधीमुलोको विकास हुन सकेको छैन् । चिकित्सा विज्ञानको क्षेत्रमा काम गर्ने थुप्रै शक्तिशाली देशहरुका वैज्ञानिकहरुले कोरोना भाईरस विरुद्धको अभियानमा औषधी पत्ता लगाउँन खोज अनुसन्धानहरुलाई उतिकै प्राथमिकतामा राखेका छन् । र उस्तै लागि परेका पनि देखिन्छन् । तर यसको सघन उपचार पद्वति भने, कुनै किसिमको भ्याक्सिनद्वारा मात्रै हुनसक्ने सोध अनुसन्धानका रिसर्सेच चिकित्सकहरुले औंल्याएका छन् । यो खोज अनुसन्धानमा चीनका चिकित्सक वैज्ञानिकहरु जोडतोडले लागेका छन् । उसो त चीन आफै कोरोना भाईरसको सिकार भएर पनि उक्त रोगलाई किनारा लगाउँदै आफ्नो विवेक र क्षमतालाई विश्वसामु प्रयोगसँगै शक्तिशाली देश हुनुको शक्ति प्रदर्शन नि गर्नुछ । साथै उस्तै सहयोगीदाताको रूपमा सबै राष्ट्रहरुबीच हार्दिकता पनि उसले बाँड्नु छ । अन्य मुलुकहरूमा अमेरिका बेलायत, रुस, दक्षिण कोरिया, ब्राजिल, हङकङ, स्विजरल्याण्ड, भारत र नेपाल पनि कोरोना भाईरस विरुद्धको सघन उपचार पद्वतिको खोज अनुसन्धानको दौडमा रेसको घोडाझैं दौडी रहेका छन् ।


पुनश्चः तत्कालै यसको औषधी पत्ता लागेपनि यो बजारसम्म आइपुग्न कम्तिमा १८ देखि २४ महिनासम्म लाग्ने ध्ज्इ को भनाई छ । जुन औषधी १ सय प्रतिशत यकिन भएको खण्डमा WHO ले, आधिकारिक पुष्ट्याँई गर्न परिक्षण विधिमा लैजानु पर्यो । त्यसपछिको परिक्षणकाल पहिले जीवजन्तुमा प्रयोग गरिनु पर्यो । परिक्षणले सकारात्मक सिंटम देखायो भने, पुनः मान्छेहरुमा पनि यसको प्रयोगको टेष्ट लिईने गरिन्छ । जसले पोजेटिभ सेन्स देखायो भने मात्र यो औषधी प्रशोधनका निम्ति तबमात्र प्रयोगशालामा लैजान्छन् । त्यसपछि मात्र यसलाई ध्ज्इ ले पूर्ण आधिकारिक मान्यताको लालमोहर छाप दच्काई दिएपछि मात्र विश्व बजारमा आउँनेछ । पक्कै पनि कोरोना विरुद्धको औषधी हामेरुँ कहाँ अवश्य पनि आउँनेनै छ । उस्तै आशा राखौं ।


आकलनः संक्रमण आयु र मानव संहार
WHO ले दिएको जारी प्रेस वक्तव्यमा भनेका छन् कि कोरोनाको भाईरसको संक्रमण अस्तित्वको आयु सन द्दण्द्दद्ध सम्म रहन सक्ने आँकलन गरेका छन् । भने यसले पुर्याउँने मानव नरसंहारको क्षति चाहीँ कम्तिमा २ लाख देखि लिएर अढाई लाख जति हुनसक्ने अनुमान उर्दित गरेका छन् । परन्तुः यस महामारी रोगले द्रुतगतिमा पारेको दूरगामी असर र प्रभावलाई पुनः समिक्षात्मक शल्यक्रिया गरी हेर्ने बुझ्ने हो भने, WHO ले गरेको आँकलनलाई माँथ खुवाउँन सक्छ । यसको संक्रमण फैलावटलाई नजर अन्दाज गरी घोत्लिने हो भने, ध्ज्इ को उक्त अनुमानको डबल गुणाले तिब्रतर गति लिन सक्ने अवस्था देखिन गएको छ ।


खैरः चाहे जे होस् विश्वव्यापी त्रासदीपूर्ण शासक जस्तै बन्न सकेको कोरोना महामारी रोगलाई तत्कालै यसको नियन्त्रणमा ल्याउँन र निदान गर्न अनि अन्त्य हुन सक्ने छाँटकाँट रत्ति छैन् । अहिलेलाई गर्न सक्ने भनेकै वहीँ सामान्य रोकथाम र न्यूनीकरण कसरी गर्न सकिन्छ ? भन्ने चिन्तनको अभ्यास र कसरत मात्र हो, हुनेछ ।


यसको अस्तित्व निर्माण, लक्षण र असर
कोभिड १९ कोरोना भाईरस कोही कसैले, वा कुनै पनि देशहरुले नभई यो जनावरबाट सरुवा भएको रोग भएको WHO ले आफ्नो प्रेस वक्तब्य मार्फत ध्यानाकर्षण गराएका छन् । WHO को यो आधिकारिक पुष्टिले चीन र अमेरिकाबीच एक अर्का प्रति देखिएको आरोप प्रत्यारोपको आशंकालाई किनारा लगाई दिएको छ । भने, शक्तिशाली यी दुई देशहरुबीच देखिएको आन्तरिक द्वन्द्व केही मत्थर हुने र परस्पर फेरि हार्दिकतामा जोडिएलान् भन्ने झिनो आशा राख्न सकिन्छ । नत्र यहीँ कोरोनाको विवादलाई लिएर भोलि एक आपसबीच युद्वतर्फ धकेलियो भने युद्वको त्यो रुप कस्तो आउला..? जैविक हतियारको रूपमा यसको अस्तित्व र आगमन भइरहेको बेला पुँजीवादी बनेका शक्तिशाली राष्ट्रहरुको शक्ति सञ्चय पनि क्षयीकरणको बाटोतर्फ उन्मुख हुँदैंछ । के थाहा भोलि यसैको कारणले नि तेस्रो विश्वयुद्वतर्फ मोडिने हो कि..? सन्देहता बीच यसको अस्तित्व मोडिने देखिन्छन् ।


अपितुः यसको विशेष सिंटोम यानेकी लक्षण भनेकै शुरूवातमा श्वास फेर्न गाह्रो हुने । उच्च ज्वरो आउँनु । सुख्खा खोकी आउँनु । टाउको र घाँटी दुःख्नु । बढी क्लान्त हुनु अर्थात थकानको एहेसास गर्नु आदि हुन् । बस्तुतः यी लक्षणहरुलाई आत्मासाथ गर्ने हो भने एकदमै सामान्यनै मान्न सकिन्छ । कि हामेरुँको देश नेपालमा प्राय यी लक्षणहरु देखा परिरहन्छन्,आइरहन्छन् के । वास्तवमा कोरोना आफैंमा त्यस्तो भयंकर डरलाग्दो रोग भने एकरत्ति हुँदै होईन । उहीँ मात्र तत्कालै दोस्रोमा सर्ने र सर्दै जाने भएकोलेनै यो महामारी रोगका रूपमा चित्रित गरिएको हो । के बुझीं राखौं भने कोरोनाले मान्छे मार्दैन । तर मर्नेहरु भनेका दीर्घरोगीहरु जो छन् । जो तिनीहरुलाई मात्र बढी चाप्ने हो के । अतः संक्रमित मर्नेहरु भनेकै पाको उमेर भएका बुढाबुढीहरु र अबोध नानीहरु मात्र हुन् । रोग प्रतिरोधात्मक क्षमताहरु भएकाहरुको हकमा यो रोग सामान्य हो ।


तथापी हामेरुँको देश नेपालमा सालिन्दो जसो यी महामारी रोगहरु पखलाको रूपमा हैजा, रुघाखोकी, ज्वरोहरु आएको कारण तत्कालै घरेलु उपचारहरु नपाउँदा, अनाहकमा बर्षेनी हजारौं यी विचरा अबोध बालवालिकाहरुले ज्यान गुमाउँनु परिरहेको छ । दूर्भाग्य आज हामेरुँले कोरोनाको कारण ज्यान गुमाउँनेहरुको संख्या दुईचार सौ पुग्ला रे । विडम्बना यहाँ संयौंको संख्यामा ज्यानहरु जान्छन् । जसको महामारी रोगहरुको नाममा कुनै काउँण्ट—डाउँननै छैन् । तथापी कोरोना महामारी कै भाउ बढ्दो छ गाँठे..!


विश्वव्यापी उदय र पतन
विश्व महामारी रोगको विस्तारित रूपमा यो कोरोना भाईरसनै पहिलो भने होईनन् । यी यस्ता महामारी रोगहरु आजभन्दा हजारौं वर्ष अघिबाट सिर्जित हुँदै बेला बखतको समय—समयमा कठोर बनेर विश्वब्यापी आतँक र त्रासदी निर्माण गर्न, गराउँन लोकमा आइरहने गर्छ । भनिन्छ आजभन्दा हजारौं बर्ष पहिले प्रीहिस्टोरिक पेण्डामिक भन्ने महामारी रोग पहिलोपल्ट उहीँ चीनकै बेइजिङ नजिकैबाट सिर्जित भएको ज्यान गुमाउँनेहरुको कंकालहरुबाट चिकित्सा विज्ञानका खोजकर्ता वैज्ञानिकहरुले दाबी गरेका छन् । असंख्य मान्छेहरुको ज्यान लिएको भनिएको यस महामारी रोगले कतिको संख्यामा मरे भन्ने चाहीँ तथ्य थाहा हुन सकेन । अतः पहिलो र ऐतिहासिक महामारी रोग भएको कारणनै यसको नाम प्रीहिस्टोरिक पेण्डामिक भनेर चिनिन्छ, बुझिन्छ । फलतः लोकको सातो पुत्लो जाने खालको यी यस्ता महामारी रोगहरु विश्व रंगमञ्चमा संख्यामा जोड्दा २० वटा जति सिर्जित भई आइसकेको बुझिन्छ । पछिल्लो चर्चा र वहीँ आँतक मच्चाउँन आएका महामारी रोगहरुमा एचआईभी एड्स, स्वाईन फ्लू, पश्चिम अफ्रिकन ईवोला र जीका भाईरसहरु हुन् ।


स्मरणमा उन्नुपर्दा, सन १९८१ मा अफ्रिकीमुलबाट सिर्जित एचआईभी एड्स रोगले विश्वमा ३ करोड ५० लाख जति मान्छेहरुले ज्यान गुमाएको थियो । जो यो रोगको सघन उपचार पद्वति यसै सन २०२० को जनावरीमा भने बल्ल दुई संक्रमित एचआईभी एड्स रोगीहरुको सफल उपचार भएको दाबी गरिएको छ । स्वाईन फ्लू रोगले पनि संसारभर १ लाख ५२ हजार देखि ५ लाख ७५ हजार मान्छेहरुको ज्यान लिएको रेकर्ड छ । मेक्सीको देशबाट सन २००९ देखि २०१० सम्म सिर्जित यसको जिवाणु भने सुंगुरबाट भएको मानिन्छ । यसको उपचार विधि पूर्णरुपले सफल भएको बुझिन्छ । त्यस्तै अफ्रिकीमुलुक गिनीबाट पहिलोपटक सिर्जित ईवोला भन्ने रोग बाँदरबाट मानिसमा सरेको भन्ने दाबी छ । सन २०१४ देखि २०१६ सम्म सरुवा यो रोगले ११ हजार ३ सय २५ जनासम्मको ज्यान लिएको बुझिन्छ । यसको पनि उपचार विधिमा राहत मिलेको पाईन्छ । भने, अर्को चर्चामा आतंकित पार्ने रोग जिका भाईरस हो । दक्षिण अमेरिकाबाट सन २०१५ मा सिर्जित रोग हो यो । यसले ८५ हजार मान्छेको ज्यान लिएको भन्ने बुझिन्छ । ज्यादा गर्मीयाममा उत्पादन हुने यो रोग विशेष लामखुट्टेको कारणले फैलने गर्छ । यसको पनि उपचार पद्धतिमा निदान गरेको पाईन्छ ।


खैरः यी महामारी रोगहरुको सूचिकृत विवरणपछि आँतंकित रोग भने यहीँ कोरोना हो । WHO को खोज अनुसन्धानले विश्वमा अझै यो भन्दा भयानक डरलाग्दो महामारी रोगहरु आउँन सक्ने तर्फ इंगित गर्दै विश्व राष्ट्रहरुलाई सजक र सतर्क रहन आव्हान पनि गरिसकेको अवस्था छ । भनेपछि यो लोकले अझै पनि त्यस्ता कयौं त्रासदीपूर्ण संन्त्रास र कहरहरुको कष्टकर जिन्दगीहरु भोग्न र त्यसको सामनाहरु गर्ने दिनहरु कुर्नु पर्ने रहेछन् । एउटा झिनो आशा चाहीँके रहयो भने, यसको अस्तित्व उदयसँगै केही समय होल्डमा रहेपछि क्षणभरमै यसको पतन पनि धन्न हुने रहेछ । यसको मतलब अब प्राकृतिक रुपले सिर्जित जैविक रोगहरुसँग लोकले लडाइँ लड्नुपर्ने समयहरु आयो । पुँजीवादको उन्मादले अंहकार पालेका विश्व शक्तिशाली देशहरुसँग निरिहय देखिने गरीबमुलुकहरुले केही राहत स्वरुप शीर उठाउँन सक्ने पहुँच बनाउँन सक्छ । अब यी पूँजी र अस्त्रशस्त्रले वेलगाम शक्ति सञ्चय गरेर सदा त्राहिम पर्दै एक्सन देखाउँनेहरुको हकमा येनारुँको शक्ति क्षयीकरण गर्न अब यी जैविक रोगहरुनै हतियारको रूपमा काफी देखिए, भयो । यी रोगहरुको अगाडि मै हुँ भन्ने शक्तिशाली देशहरु कति निरिहय । यिनको सम्मुख ती अर्बौं मूल्यको भौतिक अस्त्रशस्त्र हात हतियारहरुको के अर्थ ? के काम रहयो र..?


परिक्षणकालः चुनौती र अवसर

भनिन्छ, कुशल राजनेता त्यतिखेर चिनिन्छ जसले आफ्नो देश र जनता राष्ट्रिय विपत्तिमा परेको बेला त्यसको सामना गरि बचाउँदछ र मुक्त गर्न सक्छ । यथार्थमा भन्नुपर्दा चीनका राष्ट्रपति सी जिङ पिङले यहीँ हार्दिक सम्मानको विश्वव्यापी तारिफ र प्रशंसाहरु भारी बटुले । यता हामेरुँको ओली सरकारले भने देशलाई व्रहमलुटेको र जनता भोकभोकै मारेको ट्यागको सर्वत्र लोक र सामाजिक सञ्जालभरी गाली र आलोचना मात्र बेश्कनै खाई रहे । उनले देशलाई सही सलामत हाँक्न सकेनन् । उनमा देश चलाउँन सक्ने क्षमता र विवेक नभएकै हो । यो उनको शासकीय कार्य सञ्चालनले प्रष्ट पारी सक्यो । देशलाई हाँक्ने नेताहरुको नेतृत्वकालमा कहिलेकाहीँ यी यस्ता आपत विपत्तहरु आउँछन् र आईलाग्छन् नै । अपितुः यसलाई आफ्नो संकटकालीन अवस्था र चुनौतीको रूपमा मात्र लिनु भएन । यसलाई आफ्नो अवसरको रूपमा पनि ग्रहण गरेर सामना गरेर देखाउँन सक्नुपर्छ । त्यसले मात्र आफ्नो सफल नेतृत्वकालको पहिचान र विशेषताको मार्गदर्शन दिलाउँछ । भन्नुपर्दा ओली सरकार यहीँनै चुकी सके । यस्तो राष्ट्रिय विपत्तिको संकटमा उनका विभागीय मन्त्रीहरू भने खाली कमिशन भ्रष्टाचारमा बारबार मुछिएको र आरोपित बनि रहे । उनले भ्रष्टाचारी आफ्नो मन्त्रीहरूलाई कानूनी कार्बाही गर्नुको सट्टा उल्टै धाप मार्दै स्याबासी दिई रहे झैं क्रियाकलापहरु देखाई रहे । उनले त्यहीँ सी जिङ पिङ सित सिकेनन् । कोरोनाले चीन अस्तव्यस्त हुँन खोज्दै गर्दा सी जीन पिङ कोरोना संक्रमित स्थलमा कार्यरत डाक्टर, स्वास्थ्य स्वयंसेवीहरु र विरामीहरुलाई सहानुभूति साथै थप उर्जा प्रेरणाहरु बाँड्न उनी आफै भेट्न जाने गर्दथे । हामेरुँका त महा अधिनायकवादी शासकहरु भई हाले । सी जीन पिङलाई जस्तो कहाँ सुहाउँछ र..? उहीँ बालुवाटारबाट उर्दि आदेश ग¥यो बस्यो, बस् !


एउटा कथन छ मान्छेको जीवनमा अवसरहरु आइरहन्छन् तर त्यसलाई चिन्न सक्नुपर्छ । जुन अवसरलाई चिनेसी त्यसलाई रोक्नु पर्छ र सही सलामत सदुपयोग गर्नुपर्छ भनिन्छ । विडम्बनानै भन्नुपर्छ कि ओली सरकारले यो अवसरलाई सत्ता र शक्तिको दुरुपयोगको रुपमा मात्र यथासक्दो प्रयोग गरिरहे । मतलब उनको हकमा यस्तो राष्ट्रिय संकटलाई कमिशन घोटलामा अर्बौ–अर्बौ रकम भ्रष्टाचार गर्न सक्नुलाईनै आफ्नो नेतृत्व सफलताको मानक ठाने, मान्न पुगे । महामारी कोरोना रोग विरुद्ध उनको अभियान सोह्रैआना मान्नुपर्ने थियो नै । दुर्भाग्य सरकारकै ट्याग लागेकाहरुबाट विचलन र दुरुपयोग कार्यहरु हुँदै गए, भए । कोरोना रोगले मार्ने भन्दा पनि Lockdown ले अभावमा बाँच्नेहरु मर्ने देखिए, भए । आफ्नाहरुलाई काख र पराधीनहरुलाई पाखा पार्दै झन् असमान विभेद गरियो । ओली सरकारको कार्यपालकहरु सबै समवेदनाहीन नक्लली डमीहरु थिए, हुन् । उसो त नक्कली चीजविजहरु केमा छैनन् र भएनन् र.? वास्तवमा भन्ने हो भने, कोरोना भाईरस चेकजाँच गर्ने पोलीमेरेज चेन रिएक्सन अर्थात आरटीपिसीआर. पनि सबै नक्कलीहरुनै हुन् । एकाध २, ४ वटा क्लियर होलान् । स्वास्थ्य सम्बन्धि प्राविधिक उपयन्त्रहरु सबैनै क्लियर राम्रा छन् भन्ने विश्वास राख्ने आधारहरु भने छैनन् । जसको कारण रोगीको मृत्युपछिको पनि केही दिन समयपछि मात्र बल्ल कोरोना संक्रमित भएको कारणले मृत्यु भएको रिपोर्ट दिने गर्छ । यो भन्दा भद्दा समवेदनाहीनताको पराकाष्ठा अरु के नै होला र कठै..!


अन्त्यमा निष्कर्षमा भन्नुपर्दा, कुनैपनि संकट चुनौतीहरुलाई यी ओली सरकारले अवसर र सफलताको रूपमा ग्रहण गर्दैनन् । यिनी शत्रूको त के मित्रुहरुकै पनि उपयोगी सुन्दर गुणहरुको सिको गर्न चाहन्दैनन् । भने उनी आफ्नो आलोचक र गुण वा दोष देखाई दिने शुभेच्छुकहरु पनि उनलाई एकरत्ति मन पराउँदैनन् । वास्तवमा आफ्नो आलोचना र टिकाटिप्पणीहरु सुन्न र देख्न नसक्नु भनेको उनले आफ्नो आलोचनात्मकचेत गुमाउँदै लगेका हुन् । सर्वहारा वर्गका कम्युनिष्टवादी शासक/नेता भन्न पनि धिक्कार लाग्छ । उनी आफ्नो विरोधी आलोचकहरुको खिसिट्युरी गर्न र मुखाले थुतुनोको जवाफदेहिता दिन मात्र उस्तै माहिर छन् । जे पायो त्यहीँ बोल्छन् । उनको थुतुनो पड्केको सुन्दा अरुको नजरमा हेर्दा उनी यो देशको प्रधानमन्त्री हुन् भन्नेनै लाग्दैन् । कुनै फर्मल कार्यक्रमहरुको मञ्चमा देखियो भने, लाग्छ कुनै कमेडीयन अभिनेता हुन् । र गाइजात्राको दिन, उनै कमेडी कलाकारले जोकरको काम गरिरहेछ भन्ने बोध गराउँने गर्छन् । भलैः कोरोनाले विश्वका पूर्व शासक, राज परिवारगण, वर्तमान शासक, नेतागण, कलाकार, लेखक, पत्रकार, उद्योमी व्यवसायी, राज घरानाकाहरुदेखि लिएर सबैलाई संक्रमित बनायो । कतिले सघन उपचारार्थ स्वास्थ्यलाभ लिए भने, कतिको ज्यान पनि गयो । कोरोनासँग कोही कसै पनि पर भाग्न सकेनन् । मतलब ऊसँग अछुतो कोही कसै देखिएन ।


स्मरण रहोस, भन्ने गरिन्छ कि हामेरुँको देश नेपालमात्र यस्तो देश हो जहाँ प्राकृतिक प्रकोपहरु आउँदा पनि तिनले नि असमान विभेद गर्छन् भनिन्छ । यथार्थ ध्रुव सत्यनै हो । किनकी हामेरुँको देशको शासक नेताहरु आम मान्छेहरु भन्दा फरक र भिन्न जीवनशैलीका छन् । तसर्थ, त्यस्ता दैवी प्रकोपहरुले अक्सर छँुदैंन र देख्दैनन् पनि क्यार सायद । उनेरुँ सदा सुरक्षित छन् हुन्छन्, देखिन्छन् । कोरोनाको आतंकले ओली सरकारलाई सतबुद्धी, सत् विवेक र सत् आचरण दिन सकोस् । साथै त्यसबाट सिक्न सक्ने साहस र आँटपनि देओस् भन्ने भारी अपेक्षा सहित कोरोनाको यो त्रासदीपूर्ण आँतकको सदासर्वदा निदान र अन्त्य हुन सकोस् । हिजोको जस्तै उहीँ आशिम खुशीको दिनहरु फर्किउँन् । विश्वव्यापी आम मान्छेहरुको चेहेराहरुमा त्यो निःसन्देह मिठो मुस्कानहरु देख्न सकौं ।

(यस लेख माङसेबुङ मासिकको बैसाक–जेठ संयुक्तांकमा प्रकाशित रहेको छ ।)

सम्बन्धित खवर